एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले
धरान । अवैध रुपमा भरुवा बन्दुक घरमा लुकाई राखिएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले वडा नम्बर ४ देवी गाउँबाट एक युवालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाको वडा नम्बर ४ देवी गाउँ बस्ने वर्ष २० का सुर्य राईलाई पक्राउ गरेको हो । अवैध हातहतियार राखेको भन्ने विशेष सुचनाको आधारमा पुगेको प्रहरीको टोलिले भरुवा बन्दुक १ थान, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तै देखिने नाल १, काठको डमी राइफल २ थान बरामद गरेको थियो । राईलाइ बुधबार प्रहरीले पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट हातहतियार मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाएको ईप्रका धरानका
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए । २४ गते राति ८ बजेसम्म मृत
तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा
भारतबाट ढुवानीको खाली गाडीमा गुट्खाको प्लाष्टिकले बेरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारमा एक करोड ७९ लाख भारतीय रुपैयाँ बरामद भएको छ । नोट ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरमा डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा रकम बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीले रु. १ करोड ९ लाख ७९ हजार ५ सय ३० हजार बरामद गरेको हो । रकमसंगै दुई जना भारतीयहरु पनि पक्राउ परेका ाछन् । वस्तुको ढुवानीको नाममा ट्रक भारतबाट नेपालतर्फ आउँदै थियो । ट्रकका चालक र सह–चालकलाई पनि
लकडाउनका लाई प्रभावकारी बनाउन नेपालगञ्जमा घोषणा भएको निषेधित क्षेत्रको अवज्ञा गर्दै बाहिर निस्किएका स्थानीय व्यापारी र प्रहरी बिच मंगलबार झडप भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बजार बन्द गराउने क्रममा त्रिवेणी मोडमा खाद्यान्न व्यापार गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीमाथि हातपात गरे पछि झडपको अवश्था शिर्जना भएको थियो । सुरक्षाकर्मीलाई हातपात गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न लाग्दा अन्य व्यापारीले अवरोध पुर्याउन खोजेको कारण प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो । झडपमा व्यापारी समूहले वडा प्रहरी कार्यालयको गाडी तोडफोड गरेका छन् । व्यापारीले गाडीको सिसा फुटाइदिए
एकै दिन १५ जनामा कोरोना संक्रमित भेटिए पछि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यु लगाइएको छ । प्रशासनले कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्न र संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन तीन दिनसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो । सोमबार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासनमा बसेको सर्वपक्षिय बैठकबाट कर्फ्यू लगाउने निर्णय गरिएको थियो ।निषेधित क्षेत्र अन्तरर्गत यही बैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुनेगरि वैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो अवधि
लकडाउन उल्लंघन गर्दै छिमेकी मुलुक भारतबाट मानिस नेपाल तर्फ पस्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सिमा सुरक्षा पोष्टका शसस्त्र प्रहरीले गोली चलाउनु परेको छ । झापा गाउँपालिकाको वडा नम्वर ४ को जङे पिलर १ सय ३१ नम्वर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रबाट सिमा पारीबाट अज्ञात भारतीय समुहले हुल हुज्जत गरेको र प्रहरीले गोलि समेत चलाउनु परेको थियो । प्रहरीका अनुसार दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ दे
राहत वितरणमा विवाद भए पछि सिराहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार भएको प्रहरी सँगको झडपमा डिएसपी सहित ४ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् । सोमबार दिउँसो राहत वितरणमा नाम टिपाएकाहरु नआए पछि आउनेहरुले विवाद गरे पछि झडप भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले दिएको जानकारी अनुसार १ सय ४१ जनाको राहत वितरणका लागि नामलिष्ट रहेकोमा १ सय ३२ जनाले लिए पछि बाँकी नआएको भन्दै नाम लिस्ट नभएकाहरूले विवाद गर्दा झडप भएको थियो ।झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । घाइतेहरू सबैको मिर्चैया स्थित अस
। लकडाउन अवधिमा पासबिना संचालनमा आएका र सरकारी नियम नमान्ने सवारी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले यो अवधिमा जम्मा ३ हजार ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरका चालकले लकडाउन उलंघन गरेका छन् । यसको संख्या १ हजार ९ सय २६ रहेको छ । त्यसपछि प्रहरीले ९ सय ६१ साईकल नियन्त्रणमा लिएको छ । डिएसपी राईले यो अवधिमा लकडाउन उलंघन गर्न नदिन प्रहरीले निगरानी र कार्वाहीलाई तिव्रता दिएको बताएका छन् । प्रहरी कारवाहीमा १० अटोटेम्पो, ७६ टिफर र २९ कारजिपलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प