जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा परेका छन् ।

डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारको टोलीले प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्दा झा पक्राउ परेका हुन ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको आरोपमा आज पक्राउ गरिएको हो ।

झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएको र पौडेलले आफ्नो टेबलको घर्रामा ‘‘यो के हो ?’’ भन्दै प्रश्न गर्दा झाले जवाफ नदिएको बताएका छन् ।

डिभिजन प्रमुख झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको स्वीकार गरेका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्टाचारजन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका छन् ।

यो घटनाको जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले झालाई प्रक्राउ गरेको छ ।

केही दिनअघि मात्र पौडेलले कार्यरत महाशाखाका प्रमुख उप–सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाइल समेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनासो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दे आएका छन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved