दलित बालिकालाई यौन शोषण गर्ने मदन अधिकारी पक्राउ

  • जेठ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई धनकुटा नगरपालिका–६ भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार विहानदेखि फरार रहेका आरोपित अधिकारीले शनिबार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दाबी सहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए ।

त्यसपश्चात करिब चार घण्टापछि उनी भीमनारायण चौकमा निस्किएका थिए । अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरीले अधिकारीलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण पनि गराएको छ ।

यसैबीच बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोप लागेका शिक्षक अधिकारी सहित चारै जनाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार) को मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाका अभिभावकले धनकुटा नगरपालिका–६ आत्माराका शिक्षक अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी पश्चात अधिकारी बाहेक तीन जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । किटानी जाहेरी परेका चारै जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदर्शन कोईरालाले बताए ।

चारै जनाले पीडित बालिकालाई ललाईफकाई करिब ६ महिना अघिदेखि पटक–पटक शारिरीक सम्पर्क गर्दै आएको आरोप छ । बालिकाको पेटमा गर्भ बसेर अस्वभाविक रुपमा पेट बढ्दै गएपछि आफन्तले सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिर आएको थियो । घटना बाहिर आएर प्रहरीमा उजुरी दिएसँगै बालिका अहिले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा रहेकी छिन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved