बाबुले पैसा मागेको निहुमा दुई छोरोहरु द्वारा कोदालो प्रहार गरि आफ्नै बाबुको विभत्तस हत्या

  • जेठ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा दुई भाइ छोराले आफ्नै बुबाको हत्या गरी खाटमुनि गाडिदिएका छन् ।

शव घरमै गाडेको अवस्थमाा प्रहरीले फोला पारेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

घटनाबारे विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएका छन् ।

बुबा विराटनगर १४ का सीताराम चौहानको हत्या आरोपमा पक्राउ पर्नेमा उनकै छोराहरु नागेन्द्र चौहान र रोहित चौहान छन् । प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा छोराले कोदालोले प्रहार गर्दा सीतारामको मृत्यु हुन पुगेको थियो ।

ठेला चालएर जीवन गुर्जादै आएका सीतारामले शनिबार छोराहरुसंग पैसा मागेका थिए ।

नगेन्द्र र रोहितले भने मजदरी गरिरहेका छन् । शनिबार उनीहरुले ज्याला बापत प्राप्त भएको रु.१८ सय र रु. १६ सय प्राप्त गरेका थिए । बुबाले रकम मागेपछि भने तर पैसा नपाएपछि छोरा रोहितलाई लडाई दिएपछि विवाद बढेको थियो ।

यही क्रममा कोदालो प्रहार हुँदा उनको मृत्यु हुन पुगेको थियो ।

हत्यापछि सीतारामको शव त्यही खाटमुनि गाडिदिएका थिए । गाडेकै अवस्थामा शव प्रहरीले फेला परेको थियो । दुबै विरुद्ध ज्यान सम्बन्धी अपराधमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved