मान्छे बोलाएर प्रेम विवाह गरेका श्रीमानको हत्या

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । श्रीमतीकै योजनाअनुरुप विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार भर्चुअल प्रेस मिट आयोजना गरी श्रीमती मीना श्रेष्ठ दुलालकै योजनाअनुसार दुलालको हत्या भएको खुल्न आएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानले श्रीमती श्रेष्ठले अरु दुई जना युवकको साथ लिएर बेडरुममै श्रीमानको हत्या गरेको जानकारी दिएका छन् ।

अधिकारीले भने,‘‘श्रीमानसंगको बिग्रदो सम्बन्धका कारण उनलाई सबक सिकाउने भन्दै योजनागत रुपमा मीनाले हत्या गराएको देखिन्छ ।’’

प्रहरीले घटनामा संलग्न श्रेष्ठसहित सिरहा लहान नगरपालिका वडा नम्बर १० घर भई विराटनगर ४ को बुढाथोकी फार्मेसीमा कार्यरत वर्ष २१ को ब्रम्हदेव साह र उनका इटहरी नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २० को सोनु साहलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दुलाल ३ गते राति आफ्नो दुई जना मित्रहरुलाई खानपिनका लागि घरमै बोलाएका थिए ।

उनीहरुको खानपिन सकिएपछि दुलाल बेडरुममा सुत्न गए । त्यहीबेला मीनाले ब्रम्हदेवलाई आफ्नो घर आउन खबर गरेको र गेट आफैं खोली उनीहरुलाई घरको माथिपट्टिको कोठामा लुकाएर राखेकी थिइन ।

एसपी अधिकारीले भने,‘‘श्रीमान सुतेपछि आफूसमेत लागेर घाँटीमा प्लास्टिकको डोरीले कसेको र त्यो चुडिन गई मृतकले हर्कत गर्दा उनको निधार झ्यालमा ठोक्किन गई चोट लाग्न पुगेको रहेछ ।’’ त्यही क्रममा सोनुले खुट्टा समाएको र दुलाल मृत भए नभएको परीक्षण गर्न दुबैले पेटमा लात्तीले हानेको अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताए ।

तीनै जना राति २ बजेसम्म त्यही कोठामा बसेको तथा ब्रम्हदेव र सोनु गएपछि श्रीमानसंग खानपिनका लागि आएकामध्ये एकजनालाई मीनाले नै टेलिफोन गरी श्रीमान एक्कासि अचेत भएकोले एम्बुलेन्स मगाई अस्पताल लग्न आग्रह गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दुलाललाई अस्पताल लग्दालग्दै बाटोमै मृत्यु भएको भन्ने देखाउन सबै योजना मीनाले बुनेको र उनलाई गोल्डेन अस्पताल लगेकोमा प्रहरी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरीको टोलीले घटना शंकास्पद मानी शव पोस्टमार्टमको लागि पठाएको थियो ।

एसपी अधिकारीले भने,‘‘अस्वभाविक रुपमा शरीरमा चोट पटक समेत देखिएकोले यो कतव्य गरी हत्या गरेको हुन सक्ने हामीले प्रारम्भिक आंकलन गरेका थियौं ।’’

ब्रम्हदेव पहिले विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलालले संचालन गरेको पाथीभरा फर्मामा काम गर्दथे । तर, पछि उनलाई कामबाट हटाइएको थियो ।

प्रहरीका अनुसार श्रीमान दम्पतीबची सम्बन्ध राम्रो थिएन । मीनाले साहसंग आफ्ना श्रीमानसंग हुने गरेको खटपट र विवादको विषय भने शेयर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबीच इमोमा कुराकानी हुने गरेको देखिए पनि त्यो सबै डिलिट गरेको पाइएको एसपी अधिकारीले जानकारी दिए । भने,‘‘मृतकको घाँटीमा बसेको दाग मेट्न मीनाले नै पोन्ड्स पाउडर दलेको र हत्यामा सर्जिकल ग्लोब्ससमेत प्रयोग भएको पाइएको छ ।’’

दश वर्षअघि मीना र देवीप्रसादबीच दश वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् । छोरालाई अर्कै कोठामा सुताएर मीनाले घटना गराएको प्रहरीको निश्कर्षक छ ।

तीनै जनालाई प्रहरीले ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved