साँघुरो सडकमा ह्याब्बी ट्रक छिर्दा समस्या

  • असार २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान १ सिद्धिचरण मार्गका स्थानीयहरु मलवाहक ट्रकका कारण हैरानी व्यहोर्नु परेको छ । मालवाहक ट्रक जुनसुकै समयमा छिरेर अनलोड गर्ने गर्दा सडक जाम हुनेदेखि लिएर विजुलीको तार, टेलिफोनको तार, नेटको तार चुडाइदिने लगायतका समस्या भोग्दै आएपछि स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन्

खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्कुल, कलेज, आवासक्षेत्र रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्नेमात्र हैन विजुली, टेलिफेन र केवलका तारह चुडाइदिँदा हैरानी व्यहोर्ने गरेका छन् ।

यो सडक १८ फुटको रहेको छ । एउटा ह्याब्बी ट्रक छिर्ने वित्तिकै सडक नै जाम हुने गरेको छ । सिद्धिचरण मार्गमा तीनदेखि चार वटा ठूला खाद्यान्न गोदाम रहेका छन् । मालवाहक ट्रकले समयको ख्याल नगरी जतिखेर पनि खाद्यान्न अनलोड गर्दा समस्या उत्पन्न भएको स्थानीय श्यामुकमार बताउँछन् ।

उनले यस विषयमा धरान १ को वडा कार्यालयमा मौखिक र लिखित रुपमा जानकारी गराएपनि समस्या समाधान नभएको बताए। सिद्धिचरण मार्गमा रहेको श्रीराम साह, सन्तोष अग्रवाल लगायतका व्यवसायीका गोदाममा जुनसुकै समयमा १०–१२ चक्के गाडी आएर बीच सडकमा उभ्याएर अनलोड गरेको स्थानीयहरुको गुनासो छ ।  उक्त स्थानमा युरेका आवासीय माध्यामिक विद्यालय, धरान आदर्श कलेज, धरान मोडल कलेज समेत रहेका छन् ।

खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले समेत शैक्षिक क्षेत्रमा असर पुगेको धरान मोडल कलेजका एक शिक्षकले गुनासो गरेपनि उनले खुलेर भन्न भने सकेका छैनन् र यसै सम्बन्धमा धरान उपमहानगरपालिका वडा न. १ का वडाध्यक्ष यज्ञमणि आचार्यले खाद्य व्यवसायीका सवारी साधनले स्थानीयलाई समस्या भएको लिखित र मौखिक गुनासो वडामा आएपछि गएर सम्झाए पनि समधान नभएको बताए । उनले यो समस्या समाधानका लागि वडा सदस्य बिनोद मानन्धरलाई जिम्मा दिएको बताए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved