मेयर कोइरालाद्वारा सामुदायिक विद्यालयको अनुगमन

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गर्नुभएको छ ।

आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मा.वि. र विराटनगर–९ स्थित सरस्वती मा.वि.को अनुगमन गर्नुभयो । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुग्नु भएका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।

उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको थियो । विद्यालयस्तर देखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिए मात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँले बताउनुभयो ।

मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाउनुभएको थियो ।

अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गर्नुभएको थियो । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ । मेयर कोइरालाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved