लागुऔषध सहित ७ जना पक्राउ

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय डम्बर बहादुर तामाङ र मेचीनगर नगरपालिका-७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ बाट ईटहरी-४ का उपेन्द्र ठकुरीलाई ०।४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved