प्रधानमन्त्री कोषमा वानप्लस यातायातको सहयोग

  • भदौ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले वानप्लस यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ ।

काठमाण्डौंबाट पूर्व तथा विभिन्न भागमा रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएका प्रा.लिका अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति वानप्लस यातायात परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रा.लिको तर्फबाट साना भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । 

विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोज तथा सकुशल उद्धारको कामना गरेको छ ।

अध्यक्ष विष्टले विपत्तिको समयमा सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितको दुःखमा साथ दिनु र मानवीय सहयोगमा हातेमालो गर्नु महत्वपूर्ण रहेको बताए । 

प्रा.लिले प्रभावित परिवारहरूलाई कठिन परिस्थितिबाट छिट्टै सामान्य जीवनमा फर्किन आवश्यक सहयोग, साहस र धैर्य प्राप्त होस् भन्ने कामनासमेत गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

धरान भित्रिँदै गरेको ...

धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved