नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै महिलासँग करिब १० लाख असुलेको आरोप, २३ वर्षीय युवक पक्राउ

  • भदौ २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।

प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्रहरीमा पुगेको थियो।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजी गरी बुढालाई नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग व्यक्तिगत तस्बिर तथा भिडियो आदानप्रदान गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

धरान भित्रिँदै गरेको ...

धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved