धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानका विभिन्न सामाजिक कार्यको सहयोगार्थ धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ ।

कोरा धरान २०२३ कमिटीको आयोजनामा धरान आसपासका क्षेत्रहरुमा ३८ किलोमिटर साइक्लिङ हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

विगत ६ वर्ष देखि कोरा साइक्लिङ च्यालेन्ज गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कोरा धरानले यस वर्षको मुल नारा ज्येष्ठ नागरिकका लागि साईकल यात्रा रहेको छ ।

जुलाई १५ शनिबार मनाइने साइकल डे को अवसरमा धरानमा हुने कोरा साइक्लिङ च्यालेन्जमा बिराटचौंक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं लगायतबाट करिब २ सय जना साइक्लिस्टहरुको उपस्थिती रहने कार्यक्रम संयोजक विनयलाल श्रेष्ठले बताए ।

धरान १८ स्थित बौद्ध गुम्बाबाट शुरु हुने साइकल यात्राका धरानका विभिन्न धार्मिक स्थल परिक्रमा गर्दै ३८ किलोमिटर पार गरिनेछ । फारम दर्ता शुल्य १ सय रुपैया राखिएको साइक्लिङ च्यालेन्जमा इच्छा अनुसार डोनेसन उठाएर वृद्धवृद्धा आश्रममा आवश्यक सहयोग गर्ने श्रेष्ठले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved