साल्पासिलिछोमा पहिलो पटक विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर / विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशाला सहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ । वर्षौ देखी स्वास्थ्य उपचारको समस्या झेल्दै आएका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवाको सुरुवात गरेको हो ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनको लागि आधारभूत स्वास्थ्य अस्पतालमा दर्वन्दी कायम गरी वडा न. २ कुलुङमा मेडिकल अधिकृत डाक्टर महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।

‘साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक मेडिकल अधिकृतसहितको आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ’प्रशासकीय अधिकृत अधिकारीले भने,‘खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्य उपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ । यहाँका नागरिकहरुले मेडिकल अधिकृतबाट सेवा लिने अवसर मिलेको छ ।’

यो गाउँपालिकाकामा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने भएकाले यहाँको जनजीवन निकै कष्टकर हुने गरेको छ । सहज यातयात नहुँदा यहाँका दुर्गम क्षेत्रका नागरिकलाई दुईदेखी तीनदिनसम्म स्टेचर तथा डोकोमा बोकेर नजिक मानिने खाँदबारी अस्पताल लैजाने अवस्था रहेको छ ।

विशेषज्ञ चिकित्सकसहितको आधुनिक प्रयोगशाला स्थापनाले सहजता भएको स्थानीयबासी कृष्णबहादुर तामाङले बताए ।‘विगतमा स्वास्थ्य उपचारको लागि निकै समस्या भोग्नु परेको अवस्था थियो’’ उनले भने,‘बोकेर उपचारको लागि लैजादा कतिपयको बाटोमै अकालमा ज्यान गुमाएको अवस्था पनि छ । डाक्टरसहितको आधुनिक स्वास्थ्य सेवा पाउँदा धेरै खुसी लागेको छ । अव उपचार नपाएर मर्नु पर्ने अवस्था छैन ।

bojpur--ppp333

हामी धेरै खुसी छौँ ।’स्थानीय नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा सुरुवात गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । स्वास्थ्य सुविधायुक्त उक्त प्रयोगशालाले गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा दिन सहज हुने उनको भनाइ छ । फार्मेसी सेवा शुरु हुने अध्यक्ष कुलुङको भनाइ छ ।

यहाँ एम्वुलेन्स सेवा विस्तार गर्दै पोष्टमार्टम र एक्सरे सेवा पनि तत्कालै शुचारु गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए । ‘यो हाम्रो स्थानीय तह भौगोलिक रुपमा निकै विकट छ’ अध्यक्ष कुलुङले भने,‘नागरिकहरुको सवै भन्दा ठुलो समस्या भनेको नै स्वास्थ्य उपचार हो । सामन्य स्वास्थ्य उपचार लिन बाहिरका अस्पताल जानु पर्ने अवस्था छ ।

नागरिकले भोग्दै आएको समस्याको अन्त्य गर्न निकै मेहनतपछि विशेषज्ञसहितको प्रयोगशला सञ्चालन गर्न सफल भएको छौँ ।यो गाउँपालिकाबासीको लागि निकै खुसीको कुरा हो ।’आगामी दिनमा प्रयोगशालालाई थप व्यवस्थित बनाउदैलैजाने अध्यक्ष कुलुङको भनाइ छ । गाउँपालिकामा ११ ओटा अक्सिजन सिलिन्डर र करिव ६ ओटा अक्सिजन कन्सेन्टेटर रहेको उनको भनाइ छ । आवश्यक पर्ने अन्य सुविधा थप्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए ।

‘यहाँ अझै सेवा सुविधा थप्ने हाम्रो उद्धेश्य छ’ उनले भने,‘नागरिकलाई स्वास्थ्य उपचारको लागि बाहिर जानु नपरोस् भन्ने लक्ष्य लिएका छौँ ।’ यो आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका दुर्गम तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न ६ याङमा र थुम्लुङ भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको छ । त्यस्तै वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन्।

एकाइ स्थापना गरेर तीन ओटै स्थानबाट सेवा प्रवाह भईरहेको उनको भनाइ छ। सामन्य स्वास्थ्य सेवा लिन भोजपुुर संखुवासभाको खाँदबारी तथा तराईका जिल्लामा जानु पर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष गणेश खत्रीले जानकारी दिए ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved