खेलाडीलाई सहयोग गर्न अक्षय कोष स्थापना

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपम अक्षयकोष स्थापना गरिदिएका छन् ।

धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरेले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिएका हुन् ।

अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गरेका हुन् । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताए ।

धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले समेत परिकल्पनाकार लिम्बु र घिमिरेले स्थापना गरेको अक्षय कोषलाई १ लाख दिने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीले नेपालमा फुटबल खेलको विकासमा समस्या भएको बताएका थिए । उनले नेपालमा व्यवसायिक फुटबल खेलाडी बन्न कठिन भएको बताए । उनले भने–‘१२ महिनामा ३ महिना फुटबल प्रतियोगिता हुन्छ, बाँकी समय त्यतिकै खेर गइरहेको छ ।

नियमित प्रतियोगिता गरेर व्यवसायिक रुपमा अगाडि बढाउन सकेमात्र खेलाडी बाँच्न सक्ने अवस्था हुने बताए । एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले खेलमा पनि राजनीतिक हावी भएका कारण खेलको विकास हुन नसकेको बताए । उनले खेलाडी उत्पादनसँगै खेलाडीलाई व्यवसायिक बनाउन सकेमात्र फुटबल खेलको विकास हुने बताए ।

सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राईले जिल्लाले धेरै टुर्नामेन्ट गरे पनि खेलाडीहरु सहभागी हुन नआएको भन्दै दुख व्यक्त गरे । स्थापना गरिएको कोषलाई कोशी प्रदेश स्तरीय बनाइने परिकल्पनाकार घिमिरेले बताए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved