पत्रपत्रिका वर्गीकरणमा राजनीति आचारसंहिता उल्लङ्घन बढ्दै गएकोप्रति चिन्ता

  • माघ १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /पत्रपत्रिका वर्गीकरणमा राजनीति हुने गरेको सुनसरीका सञ्चारकर्मीहरुले प्रेस काउन्सिल नेपाललाई गुनासो पोखेका थिए । काउन्सिले यो र त्यो वहाना बनाएर वर्गीकरणमा अनावश्यक दुःख दिने गरेको उल्लेख गरेका थिए ।
मंगलबार धरानमा प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममका सहभागी सञ्चारकर्मीहरुले यस्तो बताएका थिए । उनीहरुले निष्पक्ष ढंगले काउन्सिले पत्रपत्रिकाको वर्गीकरणका लागि चाहिने आवश्यक कागजात उपलब्ध गराउँदा समेत वर्गीकरणमा नपार्ने, हुबहुँ लगायतका कुरा देखाएर अनावश्यक दुःख दिने गरेको लगायतका समस्या भोगेका सुनाएका थिए ।
सञ्चारकर्मीको गुनासोलाई काउन्सिलका सदस्य ठाकुर बेल्बासले आफूहरुलाई नि राजनीतिक दल, मन्त्री, सांसदबाट समय समयमा दबाब आउने कुरा बताएका थिए ।

उनले भने–‘हामीलाई पनि धेरै दबाब आउँछ, मन्त्री, सांसद तथा राजनीतिक दलबाट दबाब आउने गरेको बताए । उनले काउन्सिलले प्रदान गरिने पुरस्कारमा समेत चलखेल हुने गरेको बताए । उनले भने–‘सञ्चारकर्मीलाई प्रदान गरिने पुरस्कारमा पनि चलखेल हुने गरेको छ, यसको न्यूनीकरण गर्ने प्रयास हामी गरिरहेका छौं, काउन्सिल सधै सञ्चारकर्मीको पक्षमा रहन्छ ।’

सो अवसरमा काउन्सिलका पत्रपत्रिका वर्गीकरण अधिकृत रहमतुल्ला मियाँले पत्रपत्रिका वर्गीकरणका मापदण्ड सम्बन्धीको विषयमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए । उनले सञ्चारकर्मीहरुले पोखेको गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेका थिए । सञ्चारकर्मीहरुले प्रेस काउन्सिलले निष्पक्ष ढगले पत्रपत्रिकाको वर्गीकरण नगरेको, वर्गीकरणमा भेदभाव गरिएको लगायतका कुरामा गुनासो पोखेका थिए ।
यस्तै पछिल्लो पत्रकार आचारसंहिता पालनामा समेत गम्भीर समस्या देखिने गरेको कार्यक्रममा उठेको थियो । प्रेस काउन्सिलका सदस्य सदस्य बेल्बासेले यो कुरालाई उठान गर्दा सञ्चारकर्मीहरुले आचारसंहिताको विषयलाई लिएर गम्भीर बनेका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले फेन्टासी र रोमान्टिसिज्मका लागि पत्रकारिता नभएको बताएका थिए । उनले पत्रकारता सिडिओ, डिएसपी लगायतकाहरुसँग सम्बन्ध स्थापित गर्न र सम्बन्ध देखाउनका गरिने पत्रकारितालाई पत्रकार नभनिने बताएका थिए ।

उनले भने–‘सिडिओ, डिएस्पीसँगको निटकता देखाउनकै लागि गरेको पत्रकारिता पत्रकार आचारसंहिताको विरुद्ध हो, यसलाई निरुत्साहित गर्न आवश्यक छ ।’प्रेस काउन्सिल नेपालको आयोजनामा भएको सो कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ सुनसरीले गरेको थियो । सुनसरीका करिब १ सय जना सहभागिता रहेको सो कार्यक्रममा महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले स्वागत मन्तव्य थिए भने सञ्चालनसह सचिव तीर्थ कार्कीले गरेका थिए ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved