जग्गा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको परमादेश

  • माघ १८, २०७९
  • "चन्दन रौनियार"
alt

दुहवी /  दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने विषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । सोमबार उच्च अदालत विराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ ।

३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० वर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर बसोवास गर्दै ४ पुस्ता बिताएको र ७० वर्ष देखि प्रत्येक निर्वाचनमा मत हाल्दै आएको त्यस क्षेत्रका स्थानीयहरुको दाबी छ । नगरपालिकाले ३५ दिनको सार्वजनिक सूचना सार्वजनिक गरी ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय गरेको उनीहरु बताउँछन् ।

यही ठाउँबाट नागरिकता लिएर ४ पुस्ता देखि व्यापार व्यवसाय गर्दै बसोवास गर्दै आएको बताउँदै केही राजनीतिक दलको कार्यकर्ताको उक्साहटमा आफुहरुको पहिचान मेटाउने कार्य गरेको भन्दै उनीहरु आक्रोसित बनेका छन् । स्थानीयहरुले विकासको काममा आफुहरु कहिले बाधक नभएको उनीहरुले बताएका छन् ।

उनीहरुले दुहबी नगरपालिकाले ४ पुस्तादेखि स्थायी बसोवास गर्नेहरुको पहिचान मेटाउन लागीपरेकोले बताउदै ठाउँ नछोड्ने अडान कस्दै त्यसका लागि आन्दोलन चर्काउने स्थानीयहरुहरुले चेतावनी दिएका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved