कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

  • माघ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघको दोस्रो साताबाट माघ १९ गतेबाट शुरु हुन लागेको सीउनआई कोशी एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी माघ २८ गतेसम्म सञ्चालन हुन लागेको एक्सोको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
आयोजक उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भी घिमिरेका अनुसार एक्सोमा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, विभिन्न प्रकारका मेशिनरी औजार, अटो लगायतका ४ सय स्टल रहने जनाएको छन् ।

एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरु भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने बताए ।

उनले भने–‘यो एक्स्पो अत्यन्तै महत्वपूर्ण छ, नेपालबाटमात्र हैन भारतबाट पनि एक्स्पो अवलोकन गर्न सर्वसाधारण आउने भएकोले कारोबार पनि राम्रै हुने अपेक्षा हामीले लिएका छौं ।’
उनले एक्स्पोमपार्mत यहाँको उत्पादनको प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको बताउँदै स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताए ।

एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यव्स्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावत र त्यसको चक्रबारे जानकारी गराइने भएकोले पनि अवलोकनकर्ताहरुका लागि लाभदाय हुने उनको दाबी छ । उनले भने ‘ यसबाट सबैले फाइदा छ लिन्छन् विशेष गरेर विद्यार्थीहरुका लागि यो एक्स्पो लाभदायक हुन्छ, उनहरुले सौर्यमण्डलबारे ज्ञान हासिल हुन्छ ।’

एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ । साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । एक्स्पोमा ३ करोड बराबरको कारोबार हुने अध्यक्ष घिमिरेले बताए ।

उनले भने–‘हामीले एक्स्पोमा तीन करोड बराबरको कारोबार हुने अनुमान गरेका छौं भने देश तथा विदेशका गरी ३ लाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान हाम्रो छ ।’
एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगडए र म्याजिक जुत्ताचप्पल रहेको छ ।

यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृत नेपाल रहेका छन् ।
एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धीत मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाले प्रबद्र्धनमा सहयोग गरेका छन् ।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved