‘राष्ट्रपतिमा एमालेलाई सघाउनै पर्छ

  • माघ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /सरकारले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तोकिसकेको अवस्थामा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई सघाउनैपर्ने बताएका छन् ।

विराटनगरमा नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका बास्कोटाले राष्ट्रपति निर्वाचनमा माओवादीले नसघाए माओवादी केन्द्र भद्रगोल हुने देखिएको बताए । उनले भने ‘माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउन आवशयक छ, नत्र माओवादी केन्द्र भद्रगोल अवस्थामा पुग्छ ।

उनले सरकार गठनका समयमा गरिएको सहमति अनुसार भएपनि नैतिकताको आधारमा माओवादी केन्द्रले एमालेलाई सघाउनै पर्ने बताए । उनले भने‘राजनीतिक परिवर्तनले मात्र भद्रगोल हुन्छ भनेर भनेको होइन, देशकै भद्रगोल हुन्छ, सधै षड्यन्त्रको राजनीति गरेर कहीँ पुग्न नसकिने भएकोले परिवर्तनको राजनीति रोज्नुपर्छ अबको राजनीति परिवर्तनको राजनीति हुनुपर्छ ।

उनले अब पनि राजनीतिक खेल भयो भने देश दुर्घटनामा जान सकने बताउँदै मध्यावधि चुनाव हुन सक्ने र मुलुकलाई आर्थिक भार पर्ने बताए । उनले भने ‘माओवादी केन्द्रले एमालेलाई नसघाए देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्छ, त्यसलै दलहरूले अब चेत्नुपर्छ ।’ चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको नेता बाँस्कोटाले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved