उपमहानगरको सकारात्मक निर्णय

  • माघ १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृतिविना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । यो स्वागतयोग्य निर्णय हो । निर्माण सामग्री जथाभावी राख्दा सडक अवरुद्ध भएर कतिपय स्थानमा आवागमनमै समस्या सिर्जना भएको देखिन्छ । यसले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै सडक भत्किने तथा सर्वसाधारण र सवारी आवागमनमा समस्या हुने गरेका छन् ।

त्यसैले यो निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैकल्पिक स्थान हुँदाहुँदै पनि कतिपयले सडक नै छेकेर निर्माण सामग्री राख्ने गरेका छन् । आफ्नो मात्र लाभ हेर्ने तर आप्mनो कामले अरूलाई पर्ने नकारात्मक असरबारे थोरै पनि ध्यान नदिने यस्तो प्रवृत्तिका कारण सर्वसाधारणले दुःख पाउने गरेका छन् । नागरिक कर्तव्यप्रति जिम्मेवार नबन्दा यस्तो अवस्था आउने गरेको हो । हरेक नागरिकले आफ्नो नागरिक कर्तव्यप्रति जिम्मेवार हुनु आवश्यक छ । असल नागरिकले राज्यप्रतिको आफ्नो कर्तव्यलाई सधैँ सम्झनुपर्छ । यससँगै अरूका समस्याप्रति पनि जिम्मेवार बन्नुपर्छ ।

कहिलेकाहीँ कुनै आकस्मिक कामका लागि हतारमा गइरहेका बेला बाटो अवरुद्ध भएर फर्कनुपर्ने अवस्था आउने गरेको छ । त्यसैले वैकल्पिक स्थान नभएको स्थानमा उपमहानगरपालिकाको स्वीकृति लिएर निश्चित अवधिसम्म निर्माण सामग्री राख्ने र सकेसम्म चाँडो सडक खाली बनाउने प्रयास गर्नु आवश्यक छ । यो निर्णयलाई कागजमै सीमित नराखेर प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानु आवश्यक छ । वैकल्पिक स्थान नभएको र परिस्थितिवश समयमै निर्माण सामग्री खाली गर्न नसकेको विश्वसनीय कारण भएमा स्थानीय सरकारले व्यावहारिकता पनि हेर्नु उचित हुनेछ ।

अझ यसभन्दा अनुचित कार्य त सडक नै छेकेर गरिने भोजभतेर हो । पहिले धरानमा यस्तो प्रचलन थिएन । डेढ÷दुई दशकयता भने सडकमै टेन्ट र पन्डाल लगाएर भोजभतेर गर्ने कार्यले परम्पराकै रूप लिएको छ । यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण कार्य हो । सडक कसैको पेवा होइन । सडक भनेको सार्वजनिक सम्पत्ति हो तर धरानमा भने सडकलाई निजी सम्पत्तिको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यसका कारण सवारी चालकहरूले हैरानी व्यहोर्नु परिरहेको छ । कुनै कामले हतारमा गइरहेको बेला फर्किएर घुमाउरो बाटो जानुपर्ने अवस्था आउने गरेको छ ।

यो अत्यन्तै गैरजिम्मेवार व्यवहार हो । यस विषयमा पनि उपमहानगरको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । भोजभतेर आकस्मिक विषय पनि होइन । यो त योजनाबद्ध रूपमै आयोजना गरिन्छ । यसका्रण बाटो नै छेकेर भोजभतेर गर्ने परम्परा पनि रोकिनुपर्छ । यस विषयमा नागरिक आफैँ पनि जिम्मेवार बन्नु उचित हुन्छ । असल नागरिकले आफ्नो सुविधा मात्र हेर्ने होइन, आफ्ना कारणले अरू नागरिकलाई असुविधा नहोस् भन्नेतर्फ पनि सचेत हुनुपर्छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved