संवादबाट समाधान खोज

  • माघ १८, २०७९
  • कोशीपत्र सम्पादक
alt

पार्किङको विषयमा विराटनगर महानगरपालिका र खुद्रा व्यापारीबीच द्वन्द्व चर्किएको छ । महानगरपालिकाले मुख्य सडकको पार्किङ हटाएपछि यसको विरोध गर्दै विराटनगरका साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा ओर्लिएका छन् । उनीहरू सोमबार पसल नै बन्द गरेर सडकमा ओर्लिए । उनीहरूको भनाइअनुसार उनीहरू पार्किङ निषेधको विरोधमा छैनन् । अल्पकालीन रूपले बनाइएका पार्किङमा पनि शुल्क लिइएकोमा भने उनीहरूको विरोध छ । 

यो विषयलाई महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्छ । व्यापार–व्यवसायले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यति मात्र होइन, व्यापार–व्यवसाय नागरिकहरूको जीविकोपार्जनसँग पनि जोडिएको हुन्छ । निजी क्षेत्रलाई अस्वीकार गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन । यसकारण हरेक सरकारले निजी क्षेत्रको जायज आवाजलाई सुन्नुपर्छ । विराटनगरमा पनि मुख्य सडकमा पार्किङ निषेध गर्दा व्यापारमा नकारात्मक असर परेको भन्दै साना तथा खुद्रा व्यापारीहरू आन्दोलित भएका हुन् । कुनै योजनाविना नै पार्किङ हटाउनु गलत भएको व्यापारीहरूको भनाइ छ । वैकल्पिक व्यवस्था गरेर मात्र पार्किङ हटाउनुपर्ने उनीहरूको माग छ । 

महानगरले पार्किङका लागि वैकल्पिक स्थानको खोजी गर्नुपर्ने व्यापारीहरूको मागलाई अनुचित भन्न सकिँदैन । व्यापारीहरू पनि महानगरकै नागरिक हुन् । उनीहरू महानगरका करदाता पनि हुन् । त्यसैले उनीहरूलाई परेको मर्काबारे महानगर संवेदनशील हुनुपर्छ । हरेक नागरिकका गुनासा सुन्नु सरकारको दायित्व हो । नागरिकहरूको सबैभन्दा नजीकको सरकार स्थानीय सरकार नै हो । स्थानीय सरकारले नै आप्mना नागरिकहरूका समस्यालाई बेवास्ता गर्नु कुनै पनि अर्थमा उचित हुँदैन । यसर्थ, महानगरले व्यापारीहरू गुनासालाई प्राथमिकतामा राख्नु आवश्यक छ ।

हुन त सडक क्षेत्रबाट पार्किङ हटाउँदा महानगरले वैकल्पिक व्यवस्था नगरेको भने होइन । महानगरले पार्किङका लागि विभिन्न क्षेत्रमा जग्गा छुट्याएको छ तर सञ्चालन प्रक्रियामा कमजोरी भएको व्यापारीहरूको भनाइ छ । एक ठाउँमा पार्किङ शुल्क लिएपछि अर्को ठाउँमा पनि शुल्क लिने नियमले समस्या सिर्जना गरेको उनीहरूले बताएका छन् । छलफल र संवादबाट यसको निकास खोज्नु वाञ्छनीय हुनेछ । महानगर र व्यापारी दुवैले यो द्वन्द्वलाई बढाउनुको साटो आपसी छलफलबाट समाधानको बाटो खोज्नु आवश्यक छ । व्यापारीले पनि अनावश्यक अड्को थाप्नु उचित हुँदैन भने महानगरले पनि व्यापारीले भनेजस्तै व्यवसायमा समस्या नहुने गरी नियम बनाउनु उचित हुनेछ । जथाभावी पार्किङको कारणले सडक साँघुरो भएर दुर्घटनाको जोखिम बढ्ने समस्यालाई व्यवसायीहरूले पनि बुझ्नुपर्छ । जथाभावी पार्किङका कारण शहरको सौन्दर्यमा पनि नकारात्मक प्रभाव पर्छ । त्यसैले आपसी छलफल र संवादबाट उचित निष्कर्षमा पुग्नु नै सबैका लागि फलदायी हुनेछ । अनावश्यक आन्दोलन व्यापारीहरूकै पक्षमा पनि छैन । यसतर्फ पनि उनीहरूको ध्यान जानुपर्छ ।   

 

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved