धरान उपमहानगरपालिकाले गर्‍यो बजेट संशोधन तथा रकमान्तर गोल्डकपका लागि तीन लाख थपियो

  • माघ १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ ।
आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो ।

बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

नगरसभामा बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तर प्रस्ताव उपप्रमुख अइन्द्रबिक्रम बेघाले पेश गरेका थिए । गत साउनमा आएको बजेटमा भने बुढासुब्बा गोल्डकपलाई ९ लाख रुपैया विनियोजन गरिएको थियो । उक्त बजेट २३ औं बुढासुब्बा गोल्डकपको लागि कम भएको भन्दै धरान फुटबल क्लबले सबै वडाअध्यक्षहरुसँग छलफल गर्दै अनुदान बजेट वृद्धि गर्न माग गरेको थियो ।

सोही अनुसार कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले कुरा उठाएपछि सुवास राई स्मृति लिगबाट ३ लाख कटाएर बुढासुब्बालाई थप गरिदिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय भएको थियो । सुवास राई स्मृति लिगको बजेट भने ७ लाखबाट घटेर ४ लाख कायम भएको छ ।

सङ्क्रमणकालीन अवस्था ...

धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिर ...

इटहरी गोल्डकप सेमीफा ...

सुनसरी /  विभागीय टोली त्रिभुवन आर्मीको जितसं ...

जातीय विभेद उन्मुलन ...

धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस म ...

पहिचानको आन्दोलन सशक ...

धरान /  ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved