स्वदेशी फूलको प्रवर्धनका लागि ‘पुष्प मेला’

  • माघ १८, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो ।

puspa

फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा कम्पोस्ट मल, बीउ बिजन, कृषि औजार र उपकरण, विषादीका साथै प्रदेशमा उत्पादन र बिक्री हुने फूलहरुका स्टल राखिने आयोजकको भनाइ छ ।

puspa-pradasani-mela-pic

‘यस मेलामा पुष्प व्यवसाय गर्न चाहने घर आँगन तथा बगैँचा सजाउन चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएका छाँ’ संयोजक राईले भने ‘पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धिसहितको जानकारी पनि मेला स्थलमा प्राप्त गर्न सकिने छ ।’

नेपालमा ०११ सालदेखि पुष्प व्यवसाय सुरु भएको मानिन्छ । ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोशियसनको तथ्याङ्क छ । फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ । प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ ।

प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ । आयोजित मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ७० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा लिइएको छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved