सामुदायिक विद्यालयको हालत आफ्नै सम्पत्ति संरक्षणको लागि गुहार

  • माघ १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरानको एक सामुदायिक विद्यालय भौतिक सुविधासम्पन्न भएपनि विद्यालयको जग्गा संरक्षण हुन नसक्दा दाताकै भरमा चलाउनुपर्ने अवस्था छ ।
४९ वर्ष अगाडि धरान १६ मा स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) को जग्गा अथाहा छ तर संरक्षण गर्न नसक्दा जग्गा अधिग्रहण भएको छ । विद्यालयको सम्पत्ति धेरै भएपनि यो विद्यालय दाताको भरमा चलेको छ ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै योजनाहरु ल्यायो । विद्यालयको शैक्षिक स्तर उकास्न शिशुदेखि नै अंग्रेजी माध्यमबाट पठाई शुरु ग¥यो तर पनि यस्ता विद्यालको शैक्षिक गुणस्तर सुध्रिएको छैन ।

जसले गर्दा महंगो शुल्कमा अभिभावकहरुले आफ्ना नानीहरु पढाउन बाध्य छन् । नीजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर उकास्ने भनिए पनि सामुदायिक विद्यालयले विद्यालयको पर्याप्त भौतिक सम्पत्ति हुँदाहुँदै पनि संरक्षण गर्न नसक्दा विद्यालय दाताको भरमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । यसको प्रत्यक्ष उदाहरणको रुपमा धरान १६ को पञ्चकन्या आधारभूत विद्यालयलाई लिन सकिन्छ ।

विद्यालयले ३ कट्टा १८ धुरमा भौतिक संरचना बनाएको छ । यस्तै धरान १९ को हरियाली पार्कदेखि उत्तरपट्टि साढे दश कट्टा, धरान १७ एन्फा एकाडेमी पूर्व सप्तरंगी पार्कको पूर्वपट्टि ६ विगाहा १९ कट्टा, धरान १६ विजुली अफिस पूर्व १ कट्टा ९ धुर, धरान ११ मा १ कट्टा जग्गा रहेको छ ।

अरबौ पर्ने यी जग्गा अहिले संरक्षण नहुदा अधिग्रहण हुँदै गएको छ । विद्यालयको संरक्षणका लागि स्थानीय सरकारलाई जिम्मा दिइएको छ । सोही अनुरुप विद्यालयका प्रअ. कृष्ण भट्टराईले जग्गा संरक्षणका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समक्ष भदौमा नै निवेदन दिएको भएपनि स्थानीय सरकारले समेत बेवास्ता गरेको प्रअ भट्टराईले बताए ।

उनले जग्गा संरक्षण गरेर भौतिक पूर्वाधार निर्माण गर्न स्थानीय, प्रदेश र संघले सहयोग गर्ने हो भने सहयोगको हात फैलाउनु नपर्ने बताए । उनले भने–‘यो विद्यालयको सम्पत्ति अथाहा छ, तर संरक्षण गर्न सकिएको छैन, जग्गा अधिग्रहणमा पर्दै गएको छ, संरक्षणका लागि स्थानीय सरकारलाई गुहार माग्ने काम भएको छ, तर स्थानीय सरकारले पनि संरक्षणमा खासै ध्यान दिएको छैन ।’

यो विद्यालयमा सुकुम्बासी तथा भूमिहीनका बालबालिका अध्ययन गर्छन् । ८ कक्षासम्म सञ्चालन यो विद्यालयमा ९३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालन गर्नका लागि चाहिने कम्प्युटर, इन्टरनेट लगायतका कुराहरुमा वैदेशिक रोजगारीमा गएकाहरुले सहयोग गरेको प्रअ भट्राई बताउँछन् ।

भट्टराई भन्छन्–‘विद्यालयलाई वैदेशिक रोजगारमा गएका स्थानीयहरुले सहयोग पुर्‍याएका छन्, धरान १६ का सु्वास निरौलाले इन्टरनेट जोडिदिनेदेखि लिएर इन्टरनेटको मासिक शुल्क तिरिदिँदै आएका छन् ।’
भौतिक रुपले सम्पन्न भएको विद्यालय केही नभएको आभाष जोकोही पुग्नेलाई हुन्छ । समयसमयमा सहयोग गर्नेहरुले पनि विद्यालयको अवस्था नाजुक भएको बताउने गरेका छन् ।

केही समय अगाडि विद्यालयको अवस्था नाजुक देखेर भर्खरै प्रेस सेन्टर सुनसरीले सेन्टरको स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेसनरी सामान कापी र पेन्सिल वितरण गरेको थियो । दुई वर्ष अगाडि यो विद्यालयमा आएर हेर्दा बिजुली बत्ती, टेलिफोन नभएको स्मरण गर्दै प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले अहिले पनि उस्तै अवस्था भएको बताए ।

भौतिक पूर्वाधार हुँदाहँदै गरिब विद्यालयको रुपमा रहेको यो विद्यालयमा सहयोग पुगोस् भन्ने कुरालाई ध्यानमा राखेरसहयोग गरेको बताए ।
यो विद्यालय त एउटा उदाहरणमात्र हो, यस्ता धेरै सामुदायिक विद्यालय भौतिक पूर्वाधारले सम्पन्न हुँदाहँुदै पनि गरिबीको सामना गर्दै सञ्चालन गर्नुपर्ने अवस्था छ ।

भएका जग्गाको सदुपयोग गर्दै विद्यालयको स्तरोन्नतिसँगै आर्थिक आर्जन गर्ने माध्यम सरकारले बनाइदिने हो भने सामुदायिक विद्यालयहरु नाजुक अवस्थामा सञ्चालन गर्नुपर्ने अवस्था आउने थिएन । स्थानीय स्तरका विद्यालयको संरक्षण स्थानीय सरकारले संरक्षण गर्ने जिम्मा पाए पनि विद्यालयले नै संरक्षण र भोगचलन गराई पाऊँ भनेर निवेदन नै दिँदा पनि धरान उपमहानगरपालिकाले वास्ता गरेको छैन । जबसम्म यस्ता सामुदायिक विद्यालयहरुको सम्पत्ति संरक्षणमा सरकार लाग्दैन, अतिक्रमण र अधिग्रहण भएको जग्गा संरक्षणमा सरकार गम्भीर नभएसम्म सामुदायिक विद्यालयको गुणस्तरीयता सुधार्ने कुरा कुरामा मात्र सीमित हुने स्थानीयहरुले समेत बताएका छन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved