२३ औ टुबोर्ग गोधुली फुटबल रनिङ कप चौथो पटक धरान १७ विजयी

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ ।
फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।
विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी १७ नं. वडाका सविन राई घोषित भए ।

उनलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता धरान वडा नं. १४ का सरोज राई घोषित हुँदै नगद ७ हजार ५ सय पुरस्कार जिते । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।

प्रतियोगिताको बेष्ट डिफेन्स १७ नं. वडाका सौजन राई, बेष्ट गोल किपर १७ नं. वडाका सुजन राई, बेष्ट मिड फिल्डर १७ नं. वडाका सुशिल राई, बेष्ट स्ट्राइकर १७ नं. वडाका कृष्ण राई, बेष्ट कोच १७ नं. वडाका योगेन राई, राइजिङ प्लेयर १७ नं. वडाका साहिल राई घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच १५ नं. वडाका नगेन राई घोषित भएका थिए ।

उनीहरुलाई नगद ५५ सय र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्र विक्रम वेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा सञ्चालन भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved