२३औं टुबोर्ग गोधुली फुटबल रनिङ कप उपाधिका लागि १५ र १७ नं. वडा भिड्ने

  • माघ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधिका लागि वडा नं. १५ र १७ भिड्ने पक्कापक्की भएको छ ।
बिहीबार धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा स्थान पक्का गरेको छ ।

यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ ले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।
बिहीबार भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पूर्वाद्र्धको समय गोल रहित बराबरीमा सकिएको थियो । उतरार्धमा भने १७ नं. वडाले ३ गोल गरेको थियो । खेलको उत्तरार्धको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको थियो ।

१७ नं. वडाका मिलन राईलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा मिलन राईले गोल गरे । लगत्तै १७ मिनेटमा सुशिल राईले अग्रता दोब्बर बनाए भने २७ औं मिनेटमा मिलन राईले उत्कृष्ट गोल गरे ।
खेलको म्यान अफ द म्याच १७ नं. वडाका सुशिल राई घोषित भए । उनलाई नगद २५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार धरान रंगशालामा वडा नं. १५ र १७ बिच फाइनल खेल हुनेछ । १७ नं. वडाले गोधुलीको उपाधि तीन पटक उचालेको छ भने १५ नं. वडाले एक पटक उपाधी उचालेको छ । १५ नं. वडा गतवर्षको स्व. सुवास राई स्मृति फुटबल लिगको विजेता समेत हो ।

पुस ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved