ज्वाइँ खानामा वाचिप्पा–याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्म

  • माघ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ ।   

धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो । परिकारहरुमा किरातीको सेरगेम्वा, वाचिप्पा, मेखे, किनिमा, याङ्बेन–फाक्सा, रहेका छन् । त्यस्तै नेवारी परिकारमा स्यफू, म्हिचा, चटामरी, यमरी, छोइला, र मोलेको सुकुटी रहेका छन् ।

‘अन्य जातीय परिकारहरु पनि बिस्तारै मेनुमा समावेश गरिदै लगिने छ,’ सन्चालक हरि श्रेष्ठले भने, ’यसले ज्वाइँ खानालाई परम्परागत नेपाली परिकार पाइने भोजन गृहका रुपमा स्थापित हुने विश्वास लिएका छौं ।’ घरमा पकाएको अर्गानिक शैलीको परम्परागत जातीय सांस्कृतिक एवम मौलिक परिकारहरुलाई स्वस्थकर, स्वच्छ र स्तरीय रुपमा पस्कने सन्चालक श्रेष्ठले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved