धराने कवितामा जनजातीय चेतना

  • माघ १४, २०७९
  • राजेश विद्रोही
alt राजेश विद्रोही

 प्रारम्भ /  अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ ।

पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ ।

यस्ता साहित्यमा कवि–लेखकहरूले आदिवासी जनजाति समुदायले भोगेका धार्मिक–सांस्कृतिक, सामाजिक र राजनीतिक थिचोमिचो र दमनका घटनाहरूको चित्रण गरेका हुन्छन् ।
हरेक समाजमा एउटा बर्चश्वशाली समुदाय हुन्छ भने अर्को शक्तिहीन समुदाय हुन्छ ।

सत्ताको आड पाएको वर्चश्वशाली समुदायले आप्mनो भाषा, धर्म, संस्कृति र साहित्यलाई श्रेष्ठ साबित गर्न सत्ताबाट प्राप्त शक्तिको प्रयोग गर्छ । शक्तिका आधारमा स्थापित यिनै भाषा, धर्म र संस्कृति मूलधारमा आउँछन् भने शक्तिहीन समुदायका भाषा, धर्म र संस्कृति ओझेलमा पारिएका हुन्छन् ।

नेपालमा पनि वर्चश्वशाली सामाजिक समुदायको थिचोमिचोमा परेर आदिवासी जनजाति समुदायका भाषा, साहित्य, धर्म र संस्कृति वर्षौंसम्म परिचयहीन अवस्थामा रहे । अहिले भने आदिवासी जनजाति समुदायका युवा साहित्यकारहरूले साहित्यिक रचनाहरूमार्फत आफ्नाे  भाषा, साहित्य, धर्म र संस्कृतिलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यो प्रयत्न निकै सार्थक पनि सिद्ध भइरहेको छ ।
विषयप्रवेश
तत्कालीन नेकपा (माओवादी) ले २०५२ मा सशस्त्र सङ्घर्ष प्रारम्भ गरेपछि नेपालमा विभेद र शोषणका मुद्दाहरू सतहमा आएका हुन् । आदिवासी जनजातिमाथि भएका विभेद र शोषणका घटना र प्रसङ्गहरू त्यसपछि नै मुखर बनेर आएका हुन् । तिनै सामाजिक–राजनीतिक उथलपुथलका बेला नेपाली साहित्यमा पनि नयाँ स्वर र प्रवृत्तिहरू बेग्लै सामथ्र्यसहित प्रस्तुत हुन थालेका हुन् । हुन त नेपाली समाज र राजनीतिमा २०४६ सालको राजनीतिक परिवर्तनपछि नै केही परिवर्तन देखिन थालेको हो ।

त्यही राजनीतिक परिवर्तनको प्रभावस्वरूप आदिवासी जनजाति समुदायमा पनि जागरणको लहर देखिन थालेको हो ।
२०४६ सालको पहिलो जनआन्दोलनको सफलतापछि जारी गरिएको नेपाल अधिराज्यको संविधान–२०४७ निश्चय नै एउटा मुख्य उपलब्धि थियो । यो संविधानले पहिलोपटक मुलुक बहुजातीय र बहुभाषिक भएको स्वीकार गर्दै केही भाषिक तथा सांस्कृतिक अधिकारहरू पनि सुरक्षित गरेको थियो ।

त्यसपछि चलेको माओवादीको दसवर्षे सशस्त्र आन्दोलन (२०५२–२०६२), २०६२/०६३ को दोस्रो जनआन्दोलन, २०६३ को माघमा भएको मधेश आन्दोलन तथा आदिवासी जनजाति, थारू, दलित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका अनेक आन्दोलनहरूले नेपालको सामाजिक–राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यी आन्दोलनहरूको प्रभाव कुनै न कुनै रूपमा साहित्यिक लेखनमा पनि पर्नु स्वाभाविक नै हो किनभने कवि–लेखकहरू भुइँफुट्टा होइनन् । उनीहरू पनि यही समाजका अभिन्न अङ्ग भएकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय सामाजिक–राजनीतिक परिघटनाहरूले उनीहरूमा पनि प्रभाव पार्छन् । त्यसै कारण यी विशिष्ट परिघटनाहरूको प्रभाव समकालीन नेपाली कविताको मुख्य स्वर र प्रवृत्तिमा पनि परेको पाइन्छ ।
२०४६ सालको त्यही राजनीतिक परिवर्तनपछि नेपाली आदिवासी जनजाति समुदायमा जातीय जागरणको चेतना जुर्मुराउन थालेको हो । आदिवासी जनजाति समुदायले पञ्चायत कालमै पनि विभिन्न समयमा भाषिक तथा सांस्कृतिक आन्दोलनहरू गरे तर राज्यको निरङ्कुश हस्तक्षेप र आक्रमणबाट ती आन्दोलनहरू दबाइन्थे ।

२०४६ सालपछि आएको खुल्ला प्रजातान्त्रिक परिवेश र २०४७ को संविधानबाट प्राप्त प्रजातान्त्रिक अधिकारलाई उपभोग गर्दै आदिवासी जनजाति समुदाय आफ्ना भाषा र संस्कृतिको संरक्षणमा सक्रिय हुन थालेको पाइन्छ । उनीहरूले आफ्नाे समुदायसँग सम्बद्ध विभिन्न सामाजिक संस्थाहरूमार्फत मातृभाषा, लिपि, संस्कार–संस्कृति आदिको संरक्षणका पक्षमा गतिविधि गर्न थाले ।

२०४७ को संविधानबाट प्राप्त अधिकारहरूको उपभोग गर्दै सुरु भएको जातीय जागरणको लहरले माओवादी आन्दोलनपछि भने एउटा बलियो आधार र शक्ति प्राप्त गरेको देखिन्छ । आदिवासी जनजाति, मधेशी, महिला, दलित, अल्पसङ्ख्यक र निम्नवर्गीय नागरिकहरूमाथि वर्षौंदेखि भइरहेका दमन, शोषण, विभेद र उत्पीडनका विरुद्ध माओवादी आन्दोलनले शक्तिशाली आवाज मुखर गरेपछि शेषित–पीडितहरू पनि सङ्गठित रूपमै विभेदका विरुद्ध खडा हुन पुगे ।

यसै समयमा जनजाति समुदायका साहित्यकारहरूले पनि आफ्ना रचनाहरूमार्पmत् समानताका पक्षमा आवाज बुलन्द गर्न थालेका हुन् । जातीय पहिचान (परिचय) को विषयमा चर्चा र विमर्श यसै समयमा सुरु भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा समकालीन नेपाली कविताविमर्श (२०७२) मा सङ्कलित ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’ शीर्षकको अनुसन्धानात्मक लेखमा अभि सुवेदीले समकालीन नेपाली कवितामा प्रयुक्त जनजातीय चेतनाबारे विश्लेषण गरेका छन् । सुवेदीले लेखेका छन् – ‘‘जनजाति कवितामा आदिवासी चेतना, राजनीतिक प्रतिरोधात्मक भावना अनि सौन्दर्यगत चेतनाको एक जटिल कलेवर भेटिन्छ जसको अध्ययन गर्नु एउटा सिर्जनशील अभ्यास हो ।’’

उनले भनेजस्तै यस समयका आदिवासी जनजाति समुदायका साहित्यकारहरू, विशेष गरी कविहरू प्रतिरोधी चेतनाका साथ आफ्ना रचनामा प्रस्तुत भएका छन् । कविहरूले निजी भावनालाई समुदायको चेतनामा रूपान्तरण गरिदिए । सुवेदीका विचारमा ‘‘द्वन्द्वोत्तर काव्यमा विविधताको जन्म भयो र त्यो जनजाति चेतनाबाट सबभन्दा बलियो गरी प्रवेश गरेको देखियो ।’’ यसले नेपाली नेपाली कवितामा एउटा नयाँ शक्ति र ताजापनको प्रवेश भएको उनको भनाइ छ । जनजाति कविहरूले नेपाली कवितालाई एउटा नयाँ विषय दिए ।

एउटै प्रकारका कविता पढ्दा–पढ्दा दिक्क भइसकेका नेपाली पाठकहरूलाई तिनले काव्यिक सौन्दर्यको नयाँ र बेग्लै स्वाद चखाए ।
जनजाति कविहरूले आफ्ना कवितामा आफ्नाे जातीय परिचयको विषयलाई बलियोसँग प्रस्तुत गरेका छन् । उनीहरूले सत्ताधारी वर्ग र समुदायले आप्mनो भाषा र संस्कृतिमाथि गरेको दमनको विरोध गरेका छन् । परिचय वा पहिचानको विषय पहिले त राजनीतिमा चर्चामा आएको पाइन्छ । राजनीतिक क्षेत्रमा प्रशस्त बहस र विमर्शपछि यो विषयले साहित्यमा प्रवेश पाएको हो ।

हरेक मानिसलाई वैयक्तिक स्वतन्त्रता र आत्मसम्मान प्रिय हुन्छ । यही आत्मसम्मान वा स्वाभिमानको भावबाट नै परिचयको राजनीति प्रारम्भ भएको हो । फ्रान्सेली राज्यक्रान्ति (सन् १७९९) को एउटा प्रमुख कारण नै आत्मसम्मानको सामाजिक स्वीकृति वा समान सामाजिक हैसियतको माग थियो । अहिले पनि परिचयको राजनीति वा परिचयको मुख्य माग जातीय वा समुदायगत गौरवको सामाजिक स्वीकृति नै हो ।

विश्वविख्यात अमेरिकी चिन्तक फ्रान्सिस फुकुयामाले आफ्नाे पुस्तक ‘आइडेन्टिटी: द डिमान्ड फर डिग्निटी एन्ड द पोलिटिक्स अफ रिसेन्टमेन्ट’ (सन् २०१८) मा परिचयको राजनीतिबारे विशद् व्याख्या गरेका छन् । उनले सो पुस्तकको अध्याय पाँचमा ‘रिभोल्युसन्स अफ डिग्निटी’ शीर्षकको लेखमा एउटा घटनाको चर्चा गरेका छन् ।

सन् २०१० को डिसेम्बर १० मा ट्युनिसियाको सडकमा एक महिला पुलिसकर्मी फइदा हाम्दीले सडकमा तरकारी बेच्दै हिँड्ने मोहम्मद ब्वाजिजीको गालामा थप्पड बजारिन् । सडकमा तरकारी बेच्ने अनुमति नलिएको दावी गर्दै ती पुलिसकर्मीले ब्वाजिजीको गाडीबाट विद्युतीय तराजु पनि जफत गरिन् ।

आप्mनो तराजु फिर्ता माग्न र पुलिसकर्मीले आफुमाथि गरेको दुव्र्यवहारबारे गुनासो पोख्न ब्वाजिजी गभर्नरको कार्यालयमा पुगे तर गभर्नरले उनको कुरा सुन्न अस्वीकार गरे । त्यसपछि ब्वाजिजी आपूmलाई ग्यासोलाइन (अत्यधिक प्रज्ज्वलनशील पदार्थ) मा चोभेर आप्mनै शरीरमा आगो लगाउँदै चिच्याए – ‘‘यस्तो अवस्थामा म जीवित रहूँ भनेर तिमी कसरी अपेक्षा गर्न सक्छौ ?’’
यो घटनाको समाचार अरब संसारमा जङ्गलको डढेलोझै तीव्र गतिमा फैलियो र यसले ‘अरब विद्रोह’ को रूप लियो ।

यस घटनापछि ट्युनिसियामा दङ्गा भड्कियो, जसको परिणामस्वरूप लामो समयदेखि अधिनायकवादी शासन सञ्चालन गरिरहेका जिने एल अबिदिने बेल अली राजीनामा दिन बाध्य भए । इजिप्ट, लिबिया, यमन, बहराइन र सिरियामा पनि ठूल्ठूला विरोध प्रदर्शनहरू भए ।

सिरियामा यसको दुःखद् परिणाम देखा पर्‍यो । त्यहाँका निरङ्कुश शासक बसर अल असदले सत्ता त्याग्न अस्वीकार गर्दै आफ्नै देशवासीविरुद्ध युद्धको घोषणा गरे, जसमा चार लाखभन्दा बढीको मृत्यु भयो भने लाखौँ घाइते भए ।
कसैको अपमान वा तिरस्कार कति घातक हुन्छ भन्ने उपर्युक्त घटनाबाट प्रस्ट हुन्छ । हृदयमा लागेको अपमानको चोट वा तिरस्कारको घाउ सजिलै मेटिँदैन । हाम्रो देशको सन्दर्भमा पनि आप्mनो जाति वा समुदायसँग गाँसिएको गौरवपूर्ण इतिहास वा संस्कृतिप्रति गरिएको बेवास्ता र अपमानका कारण नै आदिवासी जनजाति समुदाय आन्दोलित भएका हुन् ।

सत्ताधारी सामाजिक समुदायको हेपाहा, मिचाहा र दमनकारी शैलीकै कारण देशमा विद्रोही मानसिकताको जन्म भएको हो । जनजाति समुदायका साहित्यकाहरूले आफ्ना रचनामा यही विद्रोही भावको प्रकटीकरण गरिरहेका छन् । उनीहरूले आफ्ना शक्तिशाली रचनामार्फत सत्ताको केन्द्रमै हस्तक्षेप गरिरहे ।
धराने कवितामा जनजातीय चेतना

पछिल्लो समयमा धराने कविहरूका रचनामा पनि जनजातीय चेतनाले प्रवेश पाएको छ । उनीहरूले जनजातीय समुदायका भावना र जीवनानुभूतिहरूलाई आप्mना रचनामार्फत प्रस्तुत गरेका छन् । जनजातीय चेतनाका साथ यस्तै सशक्त कविता लेख्ने धराने कवि राज माङ्लाक हुन् । २०५० को दशकमा साहित्यिक आन्दोलन ‘उत्तरवर्ती सोच’ का सक्रिय अभियन्ता माङ्लाकका कवितामा लिम्बू समाज र संस्कृतिको जीवन्त चित्र पाइन्छ । उनी प्रतिरोधी चेतना भएका कवि हुन् ।

सत्ता र शक्तिमा पहुँच नहुने सीमान्तकृत समुदायको पीडा, वर्चश्वशाली समुदायद्वारा भएका भाषिक, सांस्कृतिक र सामाजिक दमन एवम् विभेदको विरोधजस्ता विषयलाई उनले जनजातीय चेतनाका साथ आफ्ना  कवितामा प्रस्तुत गरेका छन् । हेरौँ, ‘लिम्बुनी गाउँ’ शीर्षकको एउटा कवितांश:
गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
चुला छेउछाउमा बसेर लिम्बू दाजुभाइहरू
चुम्लुङ बसिरहेका हुन्छन्
यो देश हाम्रो पनि हो भनेर ।
(लिम्बुनी गाउँ, पृ. २०)
प्रस्तुत कवितामा राष्ट्रियताले जनजातिहरूलाई नसमेटेको भावको काव्यिक अभिव्यक्ति पाइन्छ । राज्यले आपूmहरूसँग अनागरिकलाई जस्तो व्यवहार गरेको कविताको भाव छ । यो देश कुनै एक धर्म, जाति, भाषा वा संस्कृतिको मात्र होइन भन्ने कविको बलियो मत छ ।

यस देशमा अस्तित्वमा रहेका सबै जाति, भाषा, धर्म र संस्कृतिले पनि समान अवसर र अधिकार पाउनुपर्ने जिकीर माङ्लाकका कविताहरूमा पाइन्छ । सबै जाति, संस्कृति र भाषाले समान रूपले फुल्ने र फल्ने अवसर र वातावरण पाउनुपर्ने भाव उनका कवितामा पाइन्छ ।

‘सबाल्टर्न स्टडिज’ का प्रारम्भकर्ता रञ्जित गुहाले इतिहासको पुलर्नेखन गरिनुपर्नेमा जोड दिएका छन् । हेपिएका समुदायहरू प्रभुत्वशाली समुदायका हतियार मात्र बनाइने गरेको जिकीर गर्दै उनले इतिहासलाई पनि सम्भ्रान्तहरूले बङ्ग्याएको, उत्पीडित तथा तल्लो तहका मानिसहरूको भूमिका इतिहासबाट गायब बनाएको एवम् इतिहास निर्माणमा खर्च भएका तिनका रगत र आँसुलाई उपेक्षा गरेको चर्चा गरेका छन् ।

तिनै उत्पीडित र निर्धाहरूका भूमिका इतिहासमा पुनःस्थापित गरिनुपर्ने गुहाको मान्यता छ । सबाल्टर्न अध्ययनको मान्यताबारे अध्येता ऋषिराज बरालले आप्mनो ग्रन्थ माक्र्सवाद र सबाल्टर्न अध्ययन (२०७७, दो.सं.) मा विशद् छलफल गरेका छन् । नेपाली सन्दर्भमा पनि सत्तासीन समुदायको दमन र अपहेलनाबाट किनारीकृत बनाइएका समुदायले अतीतमा आप्mनो समुदायले बगाएका आँसु, रगत र पसिनाले इतिहासमा उचित स्थान नपाएको जिकीर गरेका छन् ।

पछिल्लो पुस्ताका जनजाति कविहरूका कवितामा यही जिकीर बलशाली बनेर आएको छ । इतिहासको पुनर्लेखन गरिनुपर्ने आग्रहसहित नेपाली साहित्यमा समानान्तर राजमार्ग निर्माणमा अग्रसर उनीहरूले सौन्दर्यको भिन्न मानक खडा गर्दै जातीय पहिचान र अस्तित्वको स्वर मुखरित गरेका छन् ।

इतिहास निर्माणका क्रममा आफ्ना पुर्खाहरूले बगाएको आँसु, रगत र पसिनाको मूल्य खोज्दै यी कविहरूले निजत्व र स्वत्वको खोजी गरेका छन् । माङ्लाक यसै आवाजमा बल प्रदान गर्न आफ्नो सम्पूर्ण कलात्मक सामथ्र्यसहित अग्रसर भएका धराने कवि हुन् । कुनै समय भूमिका मालिक आप्mना पुर्खाहरूले षड्यन्त्रपूर्वक भूमि गुमाउनु परेका प्रसङ्ग उनका कवितामा आएका छन् ।

आफ्नो परिचय र भाषासमेत खोसिएको पीडा कवितामा प्रकट भएको छ ।
प्रदीप मेन्याङ्बो पनि जनजातीय चेतनाबाट निर्देशित भएर कविता लेख्ने धराने कवि हुन् । उनले यो चेतनालाई आप्mना ‘मुन्धुमी कविता’ मार्पmत् प्रस्तुत गरिरहेका छन् । उनका कवितामा लिम्बू समुदायमा प्रचलित लोकमान्यतालाई विषय बनाइएको पाइन्छ ।

हाम्रो देशको सन्दर्भमा आदिवासी जनजाति समुदायले राज्यबाट आपूmहरूमाथि दमन र अत्याचार भएको अनुभूति गरेका छन् । उनका कवितामा पनि यही जनजातीय चेतनाले सशक्त अभिव्यक्ति पाएको हुन्छ ।
जनजाति मूलका नेपाली कविहरूले जनजातीय भाषाका शब्दहरूको प्रयोगबाट समकालीन नेपाली कवितामा फरक सौन्दर्य प्रदान गरेका छन् । २०५० को दशकयता लेखिएका धराने कविताहरूमा पनि यो प्रवृत्ति टड्कारो देखिन्छ । यस्तो प्रयोगले समकालीन नेपाली कवितालाई सम्प्रेष्य, हृदयस्पर्शी र शक्तिशाली बनाएको छ । जनजातीय भाषाका शब्दहरूको प्रयोगबाट समकालीन नेपाली कवितालाई सुन्दर र आकर्षक बनाउन जनजाति कविहरूले महŒवपूर्ण योगदान दिएका छन् ।

कवि मेन्याङ्बोले पनि राष्ट्रियभाषामा राष्ट्रभाषाको मिश्रणबाट कवितामा अनुपम काव्यिक सौन्दर्यको सिर्जना गरेका छन् । प्रस्तुत कविता लिम्बू समुदायको पवित्र मुन्धुममा वर्णित येवाहरूबाट गरिने मुन्धुम संस्कारमा आधारित छ । मुन्धुममा येवाले आपूmलाई शक्ति प्रदान गर्न आदिगुरु आदिम सामेधुङ्मा येप्मेधुङ्मा बनेकी नियारा लिङपङहाङ्मालाई सम्भोगका लागि पुकारेको मिथक छ । नियारा लिङपङहाङ्मा तेत्लारा लाहादङ्ना र छुच्छुरु सहाम्फेवा (पछि सोधुङ लेप्मुहाङ) चेली–माइतीवीच हाडनाता सम्बन्धबाट जन्मिएको मानिन्छ ।
यस्तै चेतनाले कविता लेख्ने अर्का धराने कवि हुन्, इन्दु नेपाल योन्जन तामाङ ।

उनले पनि जनजातीय भाषा र संस्कृतिमाथि भएका दमन र शोषणप्रति आक्रोश व्यक्त गर्दै कविता लेखेका छन् । हरेक जातीय समुदायले आफ्नो धर्म र संस्कृति मान्ने स्वतन्त्रता पाउनुपर्ने भाव उनका कविताहरूमा पाइन्छ । उनले देशमा एकल धर्म र संस्कृतिको वर्चश्व भएको सङ्केत गर्दै त्यसप्रति आक्रोश व्यक्त गरेका छन् ।

सबैको धर्म र परम्पराले समान महत्व पाउनुपर्ने भाव उनका कवितामा पाइन्छ । हाम्रो देशमा सत्तासीन समुदायको धर्म र संस्कृतिलाई मानवता र संविधानभन्दा माथि राखिएको भावाभिव्यञ्जन उनका कवितामा पाइन्छ ।
सन् १९७० भन्दा अगाडि अमेरिकालाई ‘मेल्टिङ पट’ को रूपमा लिइन्थ्यो । त्यहाँ पुग्ने गैरअमेरिकीहरूको संस्कृतिको अस्तित्व विलयन भएर अमेरिकी संस्कृतिमै हराउने अवस्थालाई बुझाउन ‘मेल्टिङ पट’ पदावलीको प्रयोग गरिएको हो ।

सन् १९७० पछि परिचयको राजनीति विकास भएका कारण केन्द्र शून्यताको स्थिति सिर्जना भएर अमेरिकी समाजमा बिस्तारै ‘सलाद बावल कल्चर’ विकसित भएको विद्वान्हरूको विचार ताराकान्त पाण्डेयले आप्mनो पुस्तक माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र (२०७३) मा उल्लेख गरेका छन् ।

सलादको भाँडामा काँक्रा, गाँजर, मुला आदि सबै वस्तुको बेग्लै अस्तित्व कायम हुने र सबै वस्तुको अस्तित्व मिलेर समग्र सलादको अस्तित्व निर्माण हुने परिस्थितिलाई सङ्केत गर्न ‘सलाद बाउल कल्चर’ पदावलीको प्रयोग गरिएको हो ।
हाम्रो सन्दर्भमा पनि आदिवासी जनजातिहरूले यस्तै अवस्थाको चाहना राखेका हुन् । उनीहरूले देशमा विद्यमान् सबै जाति, धर्म, भाषा र संस्कृतिको बेग्लाबेग्लै अस्तित्व कायम गरेर सिङ्गो राष्ट्रियता निर्माण गर्नुपर्ने माग गर्ने गरेका छन् । जनजाति समुदायका कविहरूले आप्mनो समुदायको यही चाहनालाई सशक्त रूपमा काव्यिक अभिव्यक्ति दिने गरेका छन् ।
धराने कवि सन्तोष थेवेले पनि आप्mना कतिपय रचनामा यस्तै भावना पोखेका छन् । आफ्नो समुदायका चाडपर्व, भाषा र संस्कृतिको संरक्षण हुनुपर्ने कविको हार्दिक चाहनाले कवितामा काव्यिक अभिव्यक्ति पाएका छन् ।
जनजातीय चेतनालाई सशक्त रूपमा काव्यिक अभिव्यक्ति दिने अर्का प्रखर धराने कवि हुन्, अमित थेवे । वर्चश्वशाली समुदायले सत्ता र शक्तिको आडमा कमजोर समुदायमाथि गरेको दमनविरुद्ध उनले आक्रोश पोखेका छन् । उनी पनि हरेक नागरिक र समुदायको परिचय स्थापित हुनुपर्ने मान्यता बोक्ने कवि हुन् ।

सञ्जीव उप्रेतीले आफ्नो कृति सिद्धान्तका कुरा (२०७८, ते.सं.) भित्र ‘परिचयको अध्ययन’ शीर्षकको लेखमा लेखेका छन् ‘‘हरेक व्यक्तिको परिचय धार्मिक, जातीय, लैङ्गिक, भाषिक, राष्ट्रिय र संस्थागतलगायतका अन्य धेरै परिप्रेक्ष्यहरूबाट साथसाथै निर्देशित हुन्छ ।’’

कवि थेवेले राज्यको ऐनामा राज्यभित्र बसोवास गर्ने सबै नागरिकहरूको अनुहार देखिनुपर्ने भाव ‘ऐना’ शीर्षकको कवितामा प्रस्तुत गरेका छन् । उनको यस भनाइको सङ्केत ‘सलाद बाउल कल्चर’ तर्पm नै हो । उनको ‘ऐना’ शीर्षक कविताको एउटा अंश ः
कुल्चिराख्या माटोभन्दा आदिम,
देखिराख्या कट्टुसभन्दा बूढो,
अनि,
केसामी नाम्सामीको मिथभन्दा पुरानु
यी अनुहारहरू किन फिटिक्कै देखिँदैनन् ?
उनले देशको संरचनाभित्र आदिवासी जनजाति समुदायको अनुहार नदेखिनुको कारण के हो भन्ने आक्रोशमिश्रित प्रश्न गरेका छन् ।

अहिले जनजाति समुदायका अधिकांश मानिसका मनमा आउने प्रश्न यही हो र कविले आफ्नो समुदायका मानिसका यही प्रश्नलाई कवितामा वाणी दिएका छन् । राज्यको हरेक निकायमा एउटै समुदायको वर्चश्व कायम रहेकोमा उनी असन्तुष्ट छन् ।

राज्यका सबै संरचनामा आप्mनो समुदायको अनुहारले पनि स्थान पाउनुपर्ने उनको जिकीर छ । सबै समुदायको साझा योगदानबाट नै देशको निर्माण हुने कविको विश्वास प्रस्तुत कवितामा व्यक्त भएको छ ।

यसै लहरमा उभिने अर्की कवि हुन्, करुणा राई । उनी सांस्कृतिक चेतना भएकी धराने कवि हुन् । उनले आफ्नो समुदायका सांस्कृतिक गतिविधिलाई उनेर सुन्दर काव्यिक अभिव्यक्तिको सिर्जना गरेकी छन् । ‘सम्झना’ शीर्षकको कवितामा उनले किशोर वयको प्रेमिल क्षणलाई सम्झना गरेकी छन् तर प्रेमिल भावको अभिव्यक्तिमा पनि उनले सांस्कृतिक चेतना र ग्रामीण परिवेशको मिश्रणबाट अनौठो मिठासको सिर्जना गरेकी छन् । सांस्कृतिक चेतनाले भरिएका कविताहरूको सामथ्र्य पनि यही हो । ‘सम्झना’ कविताको एउटा अंश यहाँ प्रस्तुत छ 
त्यही मौकामा मायाको पोया बेर्दै भन्नुहुन्थ्यो
रित बोकेर चाँडै आउनेछु सोल्टिनी
तपाईंको हात माग्न
प्रेमिल भावलाई पनि संस्कृतिसँग उन्नु उनको विशेषता हो । उपर्युक्त कवितांशमा राईको यही विशेषता देख्न सकिन्छ । जनजातीय चेतनाले कविता लेख्ने स्रष्टाहरूको सामथ्र्य पनि यही हो । उनीहरू आफ्नो माटो, जाति, भाषा, धर्म र संस्कृतिलाई औधी प्रेम गर्छन् ।
निष्कर्ष
यसरी धराने कविहरूले आप्mना कवितामा जनजातीय चेतनाको प्रयोग गरेका छन् । बम देवान, हर्ष सुब्बा, अविराम क्रान्तिजस्ता अगिल्लो पुस्ताका धराने कविहरूका कवितामा पनि सांस्कृतिक चेतना नभएको होइन तर यो चेतना जनजातीय दृष्टिबाट अभिव्यक्त भएको पाइँदैन । कवितामा जनजातीय चेतना भने २०५० को दशकमा प्राप्त उपलब्धि हो । अगिल्लो पुस्ताका कविहरूले पनि २०५० को दशकपछि भने जनजातीय दृष्टिबाट कविता लेख्न थालेका छन् ।

पछिल्लो पुस्ताका जनजातीय कविहरूले यो चेतनालाई आप्mना कवितामा सचेत रूपमा प्रयोग गरेका छन् । उनीहरूले आप्mना कवितामार्पmत् ‘सबाल्टर्न’ का आवाजलाई सशक्त रूपमा मुखरित गरेका छन् । देशमा विद्यमान् सबै जाति, भाषा, धर्म र संस्कृतिले देशमा उत्तिकै सम्मान पाउनुपर्ने र राज्यबाट समान रूपमा संरक्षणको अवसर प्राप्त गर्नुपर्ने भावना यी कविहरूले व्यक्त गरेका छन् ।

जनजातीय चेतनाबाट लेखिएका कविताहरूमा सांस्कृतिक चेतना र आप्mनो माटोप्रतिको माया बलशाली भएर अभिव्यक्त भएको पाइन्छ । उनीहरूले उत्पीडित–उपेक्षित समुदायका आवाजलाई मुखरित गर्दै इतिहासका विभिनन कालखण्डमा भएका भूलहरूलाई सँच्याइनुपर्ने विचारलाई पनि काव्यिक अभिव्यक्ति दिएका छन् ।
[email protected]

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved