गणतन्त्र दिवसमा विविध कार्यक्रम

  • माघ १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / नेपालको छिमेकी राष्ट्र भारतको ७४ स्वतन्त्रता दिवस भारतीय पेन्सन वितरण कार्यालयले समेत भव्यताका साथ मनाएको छ ।
बिहीबार धरान १३ कोलेनीमा रहेको कार्यालयमा कार्यालयका प्रमुख मेजर भरत कनौजियाले भारतको झण्डा झण्डोत्तलन गरी कार्यक्रमको शुभारम्म गरेका थिए ।

p

भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारेको दिनलाई स्मरण गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ । सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पदभार सम्हालेको दिनलाई भारतले स्वर्णिम दिनको रुपमा लिने गरेको छ ।

pp

नेपालस्थित भारतीय राजदुतावाससँगै दुतावास मातहतमा रहेका पेन्सन वितरण कार्यालय धरानमा समेत यो कार्यक्रम भव्यतासाथ मनाइएको हो । कार्यालय प्रांगरणभित्र भएको सो कार्यक्रममा भारतीय मेजर कनौजियाले वीर सहिदहरुको सालिकमा माल्यापर्ण गरेका थिए ।

ppp

कार्यक्रमकै अवसरमा भारतीय सेनामा रहँदा वीरगति प्राप्त सेनाहरुका परिवारलाई समेत पेन्सन वितरण कार्यालयले सहयोग गरेको थियो । वीरगति प्राप्त सैनिकहरुका १० जना परिवालाई कम्बल र ४१ जनालाई सम्झनाको चिनो प्रदान गरिएको थियो । यसैगरी भूपू भारतीय सेनाहरुलाई हिडडुल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ११ जना भूपू सैनिकहरुलाई ह्विल चियर प्रदान गरिनुका साथै एक जनालाई वाकिङ स्टिक प्रदान गरिएको ।

pppp

गणतन्त्र दिवसकै अवसर पारेर भूपू सैनिकहरुका लागि प्रत्येक वर्ष प्रकाशित हुँदै आएको २०२२ को संस्करण समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कूल र सुनसरी टेक्निकल स्कुललका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने भूपू आर्मीहरुलाई समावेश गरी रस्सीकस्सी प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

ppppp

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा, प्रदेश १ प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी कृष्ण खनाल लगायत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सहभागिता रहेको थियो ।

pppppppp

ppppppp

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved