तालिममा उत्कृष्ट विद्यार्थीलाई सम्मान

  • माघ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
एनसिसीको जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो ।

गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

तालिममा अवसरमा आइडिएलका विद्यार्थीहरुले जुनियर डिभिजन बेष्ट प्लाटुन, कल्चरल शो अन्तर्गत सन्थाल जातिको सतार नृत्यमा उत्कृष्ट भएको थियो भने छात्र तर्फका फुटबलमा समेत प्रथम स्थान हात पार्न सफल भएको थियो । तालिममा प्रदेश १ मा रहेका विद्यालयबाट ५ सय ३६ विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो ।

तीमध्ये आईडियल बोर्डिङका पियूष राई उत्कृष्ट क्याडेट घोषित भएका थिए । तालिममा आईडियलका ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्कुलका निर्देशक सागर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याएको भन्दै सञ्चारकर्मी भैरव आङ्ला र तीर्थ कार्कीलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved