आचार्यको आत्मदाहको देशव्यापी विरोध गृहले बनायो छानविन समिति

  • माघ १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ ।

मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ ।

बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको विरोध जनाएका हुन् ।

घटनालाई लिएर चौतर्र्फी सरकारको आलोचना हुन थालेपछि गृहमन्त्रालयले यस विषयमा छानविन गर्न समिति गठन गरेको छ । प्रेमप्रसाद आचार्यले उठाएका विषयमा वास्तविक बुझ्न गृहले छानबिन समिति बनाएको हो । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका व्यवसायी आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा चौतर्फी आलोचना हुनथालेपछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको हो ।

बिहीबार गठन भएको ६ सदस्यीय समितिको संयोजकमा मन्त्रालयमा सह–सचिव नारायणप्रसाद रिसाल रहेका छन् । समितिको सदस्यमा भने अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्दै सरकारले गर्नुपर्ने कामको विषयमा र त्यस सम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । सोही अनुरुप विहीबार मन्त्रालयका सहसचिव रिसालको संयोजकत्वमा ६ सदस्य समिति गठन गरिएको हो ।

बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुरस्थित वर्न अस्पताल पुगेर मृतका परवारलाई भेट गरेका थिए । उनले परिवारका सदस्यलाई समस्यामा सरकारसँगै रहेको र प्रेमप्रसाद आचार्यको सामाजिक सञ्जालमा उठाएका विषयमा छानविन गरेर समाधान खोज्ने प्रत्यत्न गर्ने आश्वासन दिएका थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved