किसानलाई प्रोत्साहनको खाँचो

  • माघ १२, २०७९
  • काेशीपत्र सम्पादक
alt

उत्पादित अलैँचीले अपेक्षित मूल्य नपाउँदा अलैँची बढी उत्पादन हुने जिल्लाको रूपमा चिनिएको भोजपुरका किसानहरू चिन्तित बनेको समाचार प्रकाशमा आएको छ । यस वर्ष अलैँचीको उत्पादन गत वर्षभन्दा दोब्बर भए पनि उनीहरू खुसी हुन सकेका छैनन् । खासमा अलैँची उत्पादक किसान मात्र होइन, हाम्रो देशका सम्पूर्ण किसानहरूको चिन्ताको मुख्य विषय नै यही हो । उत्पादनमा वृद्धि भए पनि आप्mनो उत्पादनले अपेक्षित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन् ।

समयसँगै कृषिजन्य उत्पादनको मूल्य बढ्दै जानुपर्नेमा यहाँ भने मूल्य झन् घट्दै जाने अवस्था देखिन्छ । अस्थिर र अव्यस्थित बजारकै कारण किसानहरू मारमा पर्ने गरेका छन् । एक वर्ष कुनै उत्पादनको अत्यधिक मूल्यवृद्धि हुन्छ । किसानहरू त्यसैबाट फाइदा हुने देखेर पुरानो खेती त्यागेर नयाँ खेती शुरु गर्छन् । जब नयाँ खेतीले उत्पादन दिन शुरु गर्छ, त्यसको मूल्य घट्छ । कुनै बेला रुद्राक्षले अत्यधिक मूल्य पाउँदा भोजपुरका थुप्रै किसान रुद्राक्ष खेतीतर्पm आकर्षित भए तर अहिले रुद्राक्षले पनि अपेक्षित मूल्य पाउन छाडेको किसानहरूले बताउने गरेका छन् ।

परम्परागत रूपमा अन्नको खेती गर्दा कतिपय स्थानमा बाँदरले हैरान बनाएपछि किसानहरू बाँदरले बिगार नगर्ने र मूल्य पनि सन्तोषजनक रूपमा प्राप्त हुने कृषिजन्य वस्तुको खेतीको खोजी गरिरहेका छन् । यस्तै खोजीमा कोही अलैँची त कोही रुद्राक्षको खेतीतर्पm लागेका छन् तर किसानहरूले मेहनत र लागतअनुसार मूल्य पाउन सकेका छैनन् । यसले किसानको मेहनत खेर जाने अवस्था सिर्जना भएको छ । न त किसानहरूले सरकारबाट प्राविधिक सहयोग पाउन सकेका छन्, न आप्mनो उत्पादनको उचित मूल्य नै पाउन सकेका छन् ।

धानखेत मासेर अलैँची खेती थालेका किसानहरू अहिले निराश हुन थालेका छन् । यस्तो अवस्थामा सरकारले समन्वय गर्नु आवश्यक छ । मूल्य निर्धारण र बजार व्यवस्थानमा पनि सरकारको सहयोग आवश्यक छ । त्यसो त किसानहरूलाई सरकारले प्राविधिक सहयोगका साथै अनुदान पनि प्रदान गर्नु आवश्यक छ । यस्तो अनुदान लक्ष्यित समुदायले पाए मात्र त्यसको सदुपयोग हुनसक्छ । अहिले कृषि क्षेत्रमा दिइने अधिकांश सरकारी अनुदान दुरुपयोग हुने गरेका समाचारहरू बेला–बेलामा आइरहन्छन् । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । सरकारले अलैँचीको उचित मूल्य निधारण गरेर बजारीकरण गरिदिए किसानले उचित लाभ पाउने थिए । त्यसो भए मात्र उनीहरू विदेश पलायन नभई स्वदेशमै कृषिकर्म गरेर बस्ने थिए । यस्तो वातावरण बनाउने दायित्व सरकारकै हो ।

किसानहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउन पनि किसानलाई प्रोत्साहनको खाँचो छ । हाम्रो देशको विकासको एउटा मुख्य आधार कृषि नै भएको हुँदा यसतर्पm सरकारको ध्यान जानु आवश्यक छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved