आचार्यको आत्मदाहले राज्यलाई लज्जित बनाएको छ

  • माघ १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / इलामाका युवा प्रेमप्रसाद आचार्यको मृत्युप्रति धेरैले टिका टिप्पणी गरेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यो घट्नाले राज्यलाई लज्जित बनाएको बताएका छन् ।

उनले भनेका छन्, ‘देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।’

उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी समेत गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्मदाह घटनाले राज्यलाई सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् । ‘आचार्यको आत्मदाह निराशा र आक्रोशको संकेत हो । यो संकेतलाई बुझेर तीनै तहको सरकारले बेलैमा सम्बोधन गरेनौं भने यस्ता घटना अझै बढेर जाने देखिन्छ, । ’

तीनै तहको सरकारले जनतालाई बिना झन्झट र अवरोध सेवा प्रवाह गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । ऐन कानुन निर्माणदेखि सेवा प्रवाह र जनतालाई कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रमुख दायित्व संघीय सरकारको भएको उनको भनाइ छ । सीमित स्रोत र साधनको बाबजुद पनि स्थानीय सरकार आफ्नो दायित्व पूरा गर्न सदैव लागिपरिहेको उल्लेख गर्दै उनले विराटनगर महानगरपालिकाले पनि सुशासन, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved