सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।
प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो । कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए। सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्तुरी कलेजले ८ दशमलव ३ बलमा ३ बिकेट गुमाउदै लक्ष्य भेटाएको थियो कस्तुरी कलेजको लागि म्यानअफ द म्याच अनुराग खत्रीले नटआउट १७ र सुमन मगरले १६ रनको पारी खेले बिपन पोखरेलले १५ र आर्यन राईले ९ रन जोडे ।
उत्कृष्ट खेलाडी तथा बेष्ट बलर कस्तुरीका अनुराग क्षेत्री र उत्कृष्ट ब्याष्टमेन सुष्मा कलेजका अनोज पाठक घोषित भए । माघ ९ गतेबाट सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध ८ वटा कलेजहरुको सहभागिता रहेको थियो । हिसान सुनसरीले यसपटकदेखी प्रतियोगिता ड्यूज बलले खेलाएको हो ।