इलाम नगरपालिकाको १२ औं नगरसभाबाट ३३ ‘विशेष प्रस्ताव’ पारित

  • माघ १२, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / इलाम नगरपालिकाको १२ औं नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । १२ औं नगरसभाले विभिन्न क्षेत्रका ‘विशेष प्रस्ताव’ पारित गरेको पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको छ ।
इलाम नगरपालिकाको १२ औं नगरसभाले इलामको कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने, पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ ।

यस्तै, नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाममध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन भइ मेडिकल कलेज स्थापनाका लागि सम्भावित जग्गा तथा पूर्वाधार पहिचान भइ जग्गा प्राप्तिका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढिसकेकाले इलाम मेडिकल कलेज स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने प्रस्ताव पनि पारित भएको नगर प्रमुख केदार थापाले जानकारी दिए ।

सभाबाट वडा ७ स्थित कृषि तथा पशुपन्छी बजारको स्तरोन्नति तथा फलफूल र तरकारीमा विषादी प्रयोग नियन्त्रण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित छ ।

नेपाल सरकारबाट ५० शैयाको अस्पतालका रुपमा घोषणा गरिएको तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधारको रूपमा समेत रहेको इलाम अस्पतालमा ८ विशेषज्ञ सेवासहित १६ डाक्टरको दरबन्दी स्वीकृत भएपनि दरबन्दीअनुरूप विशेषज्ञ डाक्टरको पदपूर्ति हुन नसक्दा इलामका आम नागरिक स्वास्थ्य सेवाका लागि जिल्लाबाहिर जान बाध्य हुनुपरेको र यो अस्पताललाई सरकारद्वारा घोषित स्तरमा सञ्चालन गर्न र ३ सय शैयाको अस्पतालमा रुपान्तरणका लागि प्रक्रिया अगाडि बढाइदिन नेपाल सरकारलाई अनुरोध गर्नेलगायतका प्रस्ताव पनि पारित भएका छन् ।

नगरसभामा नगरको खानेपानी, सामाजिक विकास, आर्थिक विकास, वन–वातावरण तथा विपद् व्यवस्थापन÷फोहोर मैला व्यवस्थापनलगायत विषयमा छलफल र निर्णय भएको छ ।

नगरपालिकाका अनुसार करिब ५० हजार जनसंख्या रहेको नगरका नागरिकहरुलाई सफा खानेपानीको सुविधा दिने, खोलाबाट पर्याप्त बिजुली निकाली विद्युत् निकासी गर्ने, पर्यटकीयस्तरको होटल, मोटल, रिसोर्ट र होम स्टे बनाउन प्रोत्साहित गर्ने, उद्यानहरु बनाउने, वार्षिक ५० हजार आन्तरिक तथा बाह्य पर्यटक ल्याइ इलाम बजारलाई ‘पर्यटन हब’ बनाएर इलामको प्रकृति र संस्कृतिलाई आर्थिक आधार बनाउने विषयलाई दूूरदृष्टिमा राखिएको छ ।
इलामलाई राष्ट्रियस्तरको रङ्गशाला र कवर्ड हल भएको नगर बनाउने, महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने र नगरमा प्राविधिक शिक्षालय थप्ने, आधारभूत तथा माध्यमिक विद्यालयलाई उत्कृष्ट तथा नमुना विद्यालय बनाउने, गौतमबुद्ध सभागृहको क्षमता विस्तार गर्ने कुराहरु दूरदृष्टिका अभिन्न अङ्ग रहेको नगरसभाले उल्लेख गरेको छ ।

नगरका सडक कालोपत्रे गर्ने, मुख्य मार्ग बाह«ै महिना सञ्चालनयोग्य राख्ने, फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको स्तरोन्नति गर्ने, कृषिजन्य उद्योग–धन्दा टोल–टोल र बस्ती–बस्तीमा खोली उद्यमशीलता विकास गर्ने, फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्रणालीलाई सुदृढ गरी सफा सहर बनाउने, विद्युत् खानेपानी र सञ्चार सेवाको उपलब्धलाई सर्वसुलभ बनाउने लगायतका छन् ।

खेतीयोग्य जग्गा बाँझो नराखी व्यावसायिक कृषि प्रवद्र्धन तथा निकासी गर्ने, अर्गानिक सागसब्जी, फलफूल तथा कृषि उपज निकासी गर्ने, नगरको आन्तरिक आय न्यूनतम २५ करोड पु¥याउने, इलाम अस्पताललाई ३ सय शय्याको बनाउने मेडिकल कलेज बनाउनेजस्ता विषय यसमा समेटिएका छन् ।

नगरमा आधुनिक पशु बधशाला र व्यवस्थित विद्युतीय शवदाहस्थल बनाउने, नगरमा निर्माण हुने भवन भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाउने, रहरलाग्दो सहर र बसौंबसौं लाग्ने गाउँ बनाउने, रोजगारीको पर्याप्त अवसर उपलब्ध गराउने, सर्वत्र हरियाली, जताततै इन्टरनेट सुविधा, स्मार्ट सिटी, रोजगार नागरिक, सडक, खानेपानी, सरसफाइ, कालोपत्रे सहरी सडक, सोलार बत्ती, बगैंचा र पार्क, अपाङ्गतामैत्री सवारी साधन भएको, खुसी र सम्पन्नताले भरिएको सहर इलामलाई बनाउने प्रस्ताव गरिएको मेयर केदार थापाले जनाए ।

आर्थिक विकासअन्तर्गत गरिबसँग महामानव विश्वेश्वर कृषि विकास कार्यक्रम सञ्चालनका लागि खाका तयार गरी विविध क्रियाकलाप पहिचान गर्ने कार्य गरिएको र यो कार्यक्रमलाई सहयोग गर्न नगर कृषि प्रवद्र्धन समितिको कार्यविधिसमेत तयार गरिएको जनाइएको छ ।

गाईपालनका लागि अनुदान कार्यविधि पारित गरी सबै वडामा अनुदान वितरणका कार्य अन्तिम चरणमा रहेको र नश्ल सुधारका लागि पहिलो चरणको सेक्स सिमेन उपलब्ध गराउने कार्य सम्पन्न गरिएको नगरले जनाएको छ ।

कृषि क्षेत्रको प्रवद्र्धनका लागि वडाहरूमा लागत सहभागितामा आधारित अनुदानअन्तर्गत चिया काट्ने मेसिन, मिनी ट्रेलरलगायत उपकरण उन्नत बीउ–बिजन, फलफूलका बिरुवा, मल वितरण गरिएको छ ।

नगर क्षेत्रमा क्रमागत छ वटासहित १४ सिँचाइ कुलो कार्यान्वयन चरणमा रहेको र फाल्गुनन्द सुकिलुम्वा विमानस्थलबाट नेपाल एयरलाइन्सले माघ १ देखि नगरकै पहलमा साप्ताहिक उडान सुरु गरेको नगरसभामा बताइयो ।

सामाजिक विकासअन्तर्गत इलाम अस्पतालमा स्थापित स्वास्थ्य हेल्प डेस्क सञ्चालनमा आएको र हेल्प डेस्कका लागि कार्यविधिसहित जनशक्ति व्यवस्थापन गरिएको छ । नगरपालिकाको पहलमा इलाम अस्पतालमा ३ डाइलाइसिस मेसिन उपलब्ध भएकामा सो मेसिन सञ्चालनमा ल्याइ ताप्लेजुङ्ग, पाँचथर र इलामका किड्नी रोगीलाई सेवा प्रवाह भइरहेको जनाइएको छ ।

वडा ३ को बागखोरमा स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा आएको छ भने वडा २ मा खोप केन्द्रको स्थापना गरिएको छ । इलाम अस्पतालमा जन्मेका बालबालिका र नगरमा बसाइ सरी आउने नयाँ परिवारलाई स्वास्थ्य बीमा गराउनका लागि आवश्यक कार्य अगाडि बढाइएको छ ।

११औं नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब २२ करोड ३७ लाख रुपैयाँको आय–व्यय अनुमान गरेकामा हालसम्म ४५ प्रतिशत प्रगति भएको नगरले जनाएको छ । खर्चतर्फ चालुमा ४५ प्रतिशत र पूँजीगतमा १५ प्रतिशत छ । आन्तरिक राजस्वमा गतवर्षको कुल आन्तरिक आय ८ करोड २४ लाख रुपैयाँ रहेकामा त्यही वर्षको साउनदेखि पुससम्म ३ करोड ३१ लाख ७३ हजार थियो । चालु आवको अहिलेसम्म २ करोड ८१ लाख २८ हजार रुपैयाँ छ ।

नगरस्तरीय योजनाअन्तर्गत ११ वटा र वडास्तरीय योजनाअन्तर्गत ८२ वटा योजनाको सम्झौता भइ कार्यान्वयन भइरहेको छ भने वडा ९, ११ र १२ जोड्ने सटकेमा मोटरेबल पुलको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved