धरान मेघाको खेलकुद सप्ताह सुरु चारसय विद्यार्थीले भाग लिने

  • माघ ४, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt

धरान / धरान  १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।
प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ ।

धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए ।

विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आएको यो कलेजले अतिरिक्त क्रियाकलापलाई पढाइ संगसंगै अघि वढाउदै आएको अध्यक्ष लिम्वुले वताए । कलेजले अतिरिक्त क्रियाकलाप र अध्यनमा उत्कृष्ट करिव एक सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको उनले वताए ।

कलेजमा ११ कक्षा देखि व्याचलर लेवरसम्म एक हजार विद्यार्थीले अध्यन गरिरहेको छ । इच्छुक विद्यार्थीहरुलाई खेलकुद कार्यक्रममा सहभागिताका लागि एकहप्ता अघि देखि खुला गरिएको थियो । करिव चार सय विद्यार्थीले सहभागिता जनाउने, अध्यक्ष लिम्वुले जनाए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले वताए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved