नेपाली आकाशलाई सुरक्षित बनाउन जिम्मेवार बन

  • माघ ३, २०७९
  • कोशीपत्र सम्पादक
alt

पोखरास्थित सेती नदीको खोंचमा आइतबार भयावह हवाई दुर्घटना भएको छ । आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको बताइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको एनटीवाई ६९१, नाइन एन–एएनसी विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । नेपालकै हवाई इतिहासमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना भएको छ । २०१२ को वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार पोखरामा आइतबार भएको दुर्घटना व्यावसायिक आन्तरिक उडानतर्फ ५० औँ दुर्घटना हो । 

सारा देश माघी, मकर सङ्क्रान्ति, येले दोङ, कक्फेक्वा तङ्नाम र कुसङ तङ्वे (नयाँ वर्ष) मा हर्षोल्लासपूर्वक रमाइरहेको बेला पोखराबाट आएको यो दुःखद् समाचार निश्चय नै हृदयविदारक छ । सो दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूका परिवार र आफन्तजन मात्र होइन, सारा देश शोकमा डुबेको छ । विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ भने चारजनाको खोजी कार्य भइरहेको समाचार त्यहाँबाट आएको छ । खोजी र उद्धार कार्यमा सरकारले कुनै कमी गर्नु हुँदैन । यस्तो बेलामा सरकारले आफू शोकाकुल परिवारसँगै रहेको अनुभूति उनीहरूलाई दिलाउनु आवश्यक छ । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भएको एक महिना पनि नबित्दै भएको यो दुर्घटनाले नेपाली हवाई क्षेत्रमा नकारात्मक प्रभाव पर्ने निश्चित छ । यसले नेपालको पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्नेछ । त्यसैले यसप्रति गम्भीर हुनु आवश्यक छ । नेपालमा वैदेशिक मुद्रा आर्जनको एउटा प्रमुख क्षेत्र पर्यटनमा नकारात्मक प्रभाव पर्नु पक्कै पनि सुखद् विषय होइन । यसको असर दूरगामी हुनसक्छ । 

नेपालको हवाई यात्रालाई सुरक्षित बनाउनु आवश्यक छ । यसका लागि दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउनुपर्छ । हुन त सरकारले आइतबार नै पाँच सदस्यीय छानबिन आयोग पनि गठन गरिसकेको छ । आयोगले तत्काल काम थाल्नुपर्छ तर छानबिन गरेर मात्र नेपाली आकाशलाई सुरक्षित बनाउन सकिँदैन । आयोगले प्रस्तुत गर्ने सुझावलाई कार्यान्वयन गर्न सके मात्र नेपाली आकाश सुरक्षित हुनेछ । यसअघि पनि हवाई दुर्घटनाको कारण पत्ता लगाउन थुप्रै छानबिन आयोगहरू गठन भएका छन् तर तिनले प्रस्तुत गरेका सुझावहरूको कार्यान्वयनमा सरोकारवाला पक्षहरू संवेदनशील नबन्दा नेपाली आकाश असुरक्षित भएका छन् । नेपाली हवाई यात्रालाई सुरक्षित बनाउन सरकार र सरोकारवाला पक्षले देखिने गरी प्रभावकारी कदम चाल्न ढिलाइ गर्नु हुन्न । सरकारलाई आग्रह गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । आगमी दिनमा यस्ता दुर्घटना रोक्नका लागि गम्भीर र जिम्मेवार बन्न सरोकारवाला सबैलाई हार्दिक आग्रह पनि गर्दछौँ ।

 

 

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

‘समृद्ध नेपाल सुखी न ...

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved