बुढासुब्बा गोल्डकप २३ औँ संस्करण फागुन दोस्रो सातादेखि

  • माघ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सदा झैँ ८ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् । काठमाडौका २ वटा, पोखराको एक टिम, भारतको २ टिम र प्रदेश १ बाट आयोजकसहित ३ वटा क्लबका स्तरीय टिमहरुले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए ।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लवले जनाएको छ । दुई वर्ष देखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरुसँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२ औं संस्करणको बाकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ ।

अध्यक्ष राईले २३ औं संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व पनि हस्तान्तरण गर्ने तयारी गरेको जानकारी गएका छन् । २२ औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङदी क्लव काठमाडौं विजयी भएको थियो ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved