स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विद्यार्थीको रोजाईमा

  • माघ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

कोशीपत्र संवाददाता
मोरङ/विराटनगरको पहिलो आइटी कलेज साइन्स एण्ड टेक्नोलोजी कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो कलेजले प्राविधिक शिक्षालाई केन्द्रित भएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउदै आएको छ । यसै कारण यो कलेजमा विद्यार्थींंको आकर्षण बढेको कलेजका क्यामपसका प्रशासन प्रमुख जनक तिम्सीनाले जानकारी दिए ।

यो कलेजमा स्नातक तहमा वि टेक, व्याचलर कम्प्युटर एप्लिकेसन, वी आइटी, पोस्ट ग्राजुएट इन डिप्लोमा एप्लिकेसन विषयहरु पढाइ हुन्छन् । स्नातकोत्तर तहमा मास्टर इन इन्फरमेसन टेक्नोलोजी, मास्टर इन कम्प्युटर एप्लिकेसन जस्ता विषय पढाइ भएकै कारण विद्यार्थीहरुको आकर्षण बढेको हो । अन्तराष्ट्रिय स्तरको पाठ्यक्रममा अध्यापन हुँदै आएको यो कलेजमा प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरुबाट अध्यापन हुने गरेको छ ।

यो कलेजमा जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई न्यूनत्तम शुल्क तथा छात्रवृत्तिमा अध्ययन गराइने गरेको छ । अध्ययनकै क्रममा तथा अध्ययन सकिसकेपछि सतप्रतिशत विद्यार्थीहरु रोजगारको दिने कलेज भएकोको रुपमा लिँदा यो कलेजको नाम समेत पर्न आउँछ ।

यो कलेजले अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाएको कलेजका प्रशासन प्रमुख जनक तिम्सिनाले बताए । उनले भने–‘यो कलेजमा अध्ययनरत विद्यार्थीहरुले वेरोजगार बस्नुपर्दैन, सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै लाने भएकोले हरेक क्षेत्रमा यहाँका विद्यार्थी अब्बल हुन्छन् ।’

यो कलेज पिसिआरटी,  र्‍यान, क्यान, उद्योग वाणिज्य संघ लागयतका संस्थासँग आवद्ध रहेको कलेजका डाइरेक्टर नरेशकुमार साहले बताए । उनले कलेज भौतिक सुविधा सम्पन्न मात्र नई विद्यार्थीका लागि ल्याप तथा लाइबे्ररीको समेत व्यवस्था भएको बताए । उनले भने–‘कलेज सुविधा सम्पन्न त छँदैछ, त्यसमाथि विषयगत तालिम, प्रयोगात्मक प्रोजक्टवेस को व्यवस्था, ईन्टरनेट तथा अतिरित्त अनलाईन कक्षाको समेत व्यवस्था यो कलेजमा रहेको छ ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved