यलम्बर सम्वत ५०८३ किरात प्रदेशको माग

  • माघ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपालको प्राचीन र मौलिक सम्वत येले दोङ (यलम्वर सम्वत) ५०८३ को अवसरमा किरात प्रदेश नामाकरणको माग पुन  एक पटक जोडदारका साथ उठेको छ ।किरात राई यायोक्खाले संस्थागत रुपमा उठाउँदै आएको माग किराँती राजा यलम्बर हाङको सम्झना गर्दै किराँती नया वर्ष मनाउने क्रममा उठेको हो ।

खोटाङबाट निर्वाचित प्रदेश १ का सांसद पाँचकर्ण राईको विशेष उपस्थितिमा धरानस्थित साकेला पार्कमा रहेको हाङ यलम्वरको पूर्ण कदको प्रतिमामा दीप प्रज्ज्वलन गरिएको छ । सो अवसरमा सांसद राईले प्राचीन ऐतिहासिकता र सभ्यताका आधारमा प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने माग जायज रहेको बताए ।

यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले प्रदेश नामाकरणका सन्दर्भमा ’किरात’ नाम छुट्न नहुने बताए । उनले सांसद राईलाई आफूहरुले सडकमा शान्तिपूर्वक र प्राज्ञिक रुपमा उठाइरहेका विषयलाई सदनमा जोडदार रुपमा उठाइदिन आग्रह गरे ।यलम्बर सम्वत ५०८३ को अवसरमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले धरान १७ स्थित साकेला पार्कमा दीप प्रज्ज्वलन गर्दै येले दोङलाई राष्ट्रिय सम्वतको मान्यता प्रदान गर्न समेत माग गरेको छ ।

किरातहरुले मान्दै आएको नेपालको प्राचीन तथा मौलिक सम्वत येले दोङ (यलम्बर सम्वत) लाई राज्यले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरी प्रचलनमा ल्याउनु पर्ने बताए । वर्तमान सरकारले येलेदोङलाई मौलिक सम्वत घोषणा गर्नु पर्ने यायोक्खाले माग गरेको छ । यसैबीच यायोक्खाद्वारा आयोजित सभामा पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरुको स्मृति गर्दै श्रद्धाञ्जली सभा समेत आयोजना गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved