क्षितिज (कविता)

  • पुस ५, २०७९
  • "सागरमणि दाहाल /धरान, सुनसरी"
alt

टाढा धेरै टाढाबाट हेर्छु
उसले तिमीलाई छोए जस्तै लाग्छ ।
फेरि हेर्छु
उसलाई तिमीले झ्याप्प
अँगालो हाले जस्तै लाग्छ ।
बेला उसलाई तिमीले छेडे जस्तो
बेला उसले तिमीलाई थिचे जस्तो
जति नजिकबाट चुम्न खोज्छु
तिमी उति उति टाढा लाग्छ ।
तर,
उसको स्पर्श
र
तिम्रो अङ्कमाल उस्तै लाग्छ ।।
हरदिन
बिहान सूर्योदय
र
साँझ सूर्यास्त हुन्छ
दुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।
प्रत्येक साँझ शीतलता बोकेर
टाढैबाट
तिमीलाई चिहाउँदै जून उदाउँछ
उसैगरी बिहान
तिमीलाई नजिकबाट चिहाउँदै
न्यानो छरेर जून अस्ताउँछ ।
यी दुबै रमिता नियाल्छु
र
पिरोलिन्छु
तिम्रो न्यानो स्पर्शको
पर्खाईमा
मिठा सपना तुन्दै
म,
बेला बिताई रहन्छु ।
तर,
टाढाबाट
यी सबै सौन्दर्य
चिहाएर टोल्हाउनुको मज्जा
सायदै,
तिम्रो पोल्टामा पर्दैन ।
३३
छामेको सौन्दर्य
र
चिहाएको सौन्दर्य
अनि
कल्पनाको सौन्दर्य
सबैका अनुभूति फरक फरक हुन्छन्
त्यसैले त
क्षितिज !
तिम्रा र मेरा अनुभूति फरक छन् ।
कल्पना र भोगाई फरक छन् ।
म तिमीलाई
कल्पनाले स्पर्श गर्छु,
सम्झनाले निथ्रुक्क भिजाउँछु,
र,
निरन्तर निरन्तर खोजिरहन्छु
तिम्रो,मेरो र आकाशको
सम्बन्धको परिभाषा ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved