सुरुङ खनेर ८ कैदी भागे, भेरी नदी पार गरेर फरार

  • कार्तिक १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गएराति सुरुङ खनेर फरार भएका हुन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् ।

फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ ।

कारागार रहेको क्षेत्र र भेरी नदीको बीचमा पुल समेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै बाहिरिए भन्ने विषयमा चासो बढेको छ ।

एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ ।

फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी हमालले आठ जना कैदी फरार भएको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जानकारी दिइन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

कारागारभित्र सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कसरी व्यवस्थापन गरियो, सुरुङ खन्ने गतिविधिबारे सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

कारागारमा १७ जना कैदी बन्दी रहेको अवस्थामा आठ जना एकैपटक फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved