लामो समयपछि मेची रंंगशालामा गोल्डकप

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा / लामो समयपछि मेची रंगशालामा गोल्ड हुने भएको छ । करिब १८ बर्ष अगाडि यो रंगशालामा गोल्डकप भएको थियो । राष्ट्रिय स्तरको गोल्डकप गर्दै आएको भद्रपुरमा रहेको यो रंगशालामा २०६१ सालपछि गोल्डकप हुन सकेको थिएन ।

फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरि प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

मुल आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि निर्माण गरिरहेको छ ।
लामो समयसम्म प्रतियोगिता नहुँदा झापाकै पुरानो रंगशाला प्रयोगविहीन बनेको थियो ।

एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाएर तयारी अघि बढाइएको छ । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको अध्यक्ष ढकालले बताए ।

उनले भने–‘लामो समयसम्म यो रंगशाला खेलकुदका गतिविधि नहुँदा प्रयोगबिहीन बन्यो, गोल्डकपलाई पुनर्जीवित बनाउदै प्रतियोगितालाई चलायमान बनाउनै लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । ’

उनका अनुसार भद्रपुर नगरपालिकाका निर्वतमान नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई महासचिव तोक्दै सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहने बताइएको छ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved