‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन आवश्यक’

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ ।

धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए ।

उनले भने –‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नभएकै कारण निम्न आय भएका सर्वसाधारणले पनि नीजि स्कूलमा पढाउन बाध्य छन्, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सके, विद्यालयका आकर्षण बढ्ने थियो, सर्वसाधारणलाई पनि महंगो शुल्ममा आफ्ना नानीहरुलाई पढाउुपर्ने थिएन ।

यस्तै विद्यालयका प्रद्यानाध्यापक टेकनाथ न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक गतिविधिमा कमजोर हुने भएकोले अभिभाकको आकर्षण नीजि विद्यालयतर्फ बढेको बताए । उनले भने–‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन सके अभिभावकले बढी शुल्क तिरेर निजी विद्यालयमा पढाउनुपर्ने थिएन,अहिले सामुदायिक विद्यालयमा पनि विगतको भन्दा शैक्षिक सुधार सुध्रेको भए पनि अभिभावकमा अझै विश्वास भने छैन ।’

उनले अन्य समयमा भन्दा चीसो मौसममा विद्यार्थीहरुलाई अध्यन गर्न गाह«ो हुने गरेको बताए । जाडोको समयमा विद्यार्थीहरु चीसोका कारण पढाईमा ध्यान कन्द्रित नहुने बताए । केही संघ संस्थाहरुले जाडोको कपडा समय समयमा वितरण गर्दा यहाँका विद्यार्थीहरुलाई राहत हुने बताए ।

पछिल्लो समे विराटनगरस्थित नोबेल मेडिकल कलेज, लायन्स इन्थरनेशनल, सेलो तेल,m लायन्स क्लब अफ विराटनगर एलिट र लायन्स क्लब अफ विराटनगर एक्टिभले सामुदायिक विद्यालय सुधार अभियान, नेपालको सहजरुकिरणमा विद्यालयबा बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

९५ विद्यार्थी संख्या रहेको सो विद्यालयका बालबालिकालाई जाडोमा लगाउने ट्रयाकसुट सेट, टोपी र अन्य स्टेशनरी सहित करिब ६० हजार बढीको सामग्री वितरण गरिएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved