जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा "प्याब्सन विराट कप"

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे ।

सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी बालमिकी स्कुल क्वाटरफाइनलमा पुगेको छ । जितको लागि वाल्मीकिका सरोज साहले एक्लै दुई गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराउँदै सेन्टजोसेफ क्वाटरफाइनल पुगेको छ । जितको लागि सेन्टजोसेफका दिपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले समान १÷१ गोल गरे ।

यस्तै अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित ग¥यो । जितका लागि जेम्सका तर्फबाट अंकित दाहाल, सुशिल बस्नेत, डेबिट खड्काले १÷१ गोल गरेका थिए । विराटको तर्फबाट ओएसिस तिम्सिना र रंजित दनवारले समान १÷१ गोल गरे । मंगलबारको पहिलो खेल अपर्ण र बिकेभिएम स्कुलबीच हुनेछ ।

दोस्रो खेल गोदावरी र मोर्डन एरा, तेस्रो खेल डनवस्को र ग्रेडेड, चौथो खेल बालमिकी र सेन्टजोसेफ, पाँचौ खेल मदरल्याण्ड र जेम्स स्कुलबिच प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved