स्थानीय

    Showing ४१-५० of ५,३३१ items.
  • पत्रकार गोविन्द बस्नेत र निगम तिम्सिना बने धरान स्पोर्टस् अवार्डका आकर्षण

    धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान स्पोर्टस् अवार्डमा पत्रकारिता र खेलकुदतर्फ कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मान तथा अवार्डबाट पुरस्कृत भएका छन्। शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई नगदसहित अवार्ड तथा सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। त्यस्तै, पब्लिक च्वाइस अवार्डमा करा

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सडक किनारमा गम्भीर घाइते भेटिएका पुरुषको मृत्यु, अझै खुलेन पहिचान

    धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असोज १४ गते राति करिब ११ः५० बजे अन्दाजी ३०–३५ वर्ष उमेरका देखिने पुरुषलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल जिल्ला अस्पताल इनरुवाको शवगृहमा सुरक्षित राखिएको छ। तर, हालसम्म पनि मृतकका आफन्त वा पहिचान गर्ने व्यक्ति सम्पर्कमा आएका छैनन्। प्रहरीले मृतकको फोटोका आधारमा पहिचा

    • प्रकाशित मितिः असोज १६, २०८३
    • २४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषधसहित सुनसरीमा तीन जना पक्राउ

    इनरुवा/  सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् । लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका&

    • प्रकाशित मितिः असोज १६, २०८३
    • २६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

    दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बुधबार साँझ करिब ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको किसनगन्ज जिल्ला, खनियाबाद–३ फतेपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्। प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा माजिदको साथबाट भारतीय ५०० रुपैयाँ दरका ७० थान नोट फेला पारेको थियो। बरामद नोटको नम्बरमध्ये अधिकांश दोहोरिएको पाइएपछि प्रहरीले नक्कली नोटको आशंका

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन–नवोदय कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित

    धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन–नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। बिहीबार धरान १५ मा रहेको चुमलुङ हिम कलेजले आयोजना गरेको ‘वेलकम एन्ड फेलिसिटेसन प्रोग्राम–२०८३’ मा कक्षा ११ का विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए। कार्यक्रममा युएन–नवोदय कलेजका अध्यक्ष तथा

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमोभित्र ५६४ किलो गाँजा बरामद, चालक गाडी छाडेर फरार

     धरान/ सुनसरीको बर्जु गाउँपालिका–२ मा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले सुमो गाडीभित्र लुकाएर लैजाँदै गरेको ५६४ किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार बुधबार राति करिब ११ः४० बजे विराटनगर–बेलाहा सडकखण्डमा इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले गाडी चेकजाँच गर्दा गाँजा ५६४ किलो पदार्थ फेला पारेको हो। गाडी र बरामद पदार्थ नियन्त्रणमा लिएर इलाका प्रहरी

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजकी युमी राईलाई इन्डो–नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान

    धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्। ​कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्। ​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढा

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रामोलसहित ३५ वर्षीय निकेश पक्राउ

    धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१६ मुस्कानचोकबाट ३५ वर्षीय निकेश तामाङलाई लागूऔषध ट्रामोलसहित प्रहरीले पक्राउ गरेको हो। म‍गलबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट जोर सखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट ट्रामोल–१०० का १०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १४, २०८३
    • ८८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बेवारिसे अवस्थामा भेटिएका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

    धरान/ धरान–१७ को रेल्वे क्षेत्रमा बिरामी अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ३ गते साँझ करिब ७ः३० बजे रेल्वे क्षेत्रमा मागी खाई डुल्दै आएका ती पुरुषलाई धरान उपमहानगरपालिकाको नगर प्रहरी टोलीले बिरामी अवस्थामा फेला पारेको थियो। नगर प्रहरीले उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्‍याएको थियो। प्रतिष्ठानमा उपचाररत उनको असोज ४ गते दिउँसो ३ः३३ बजे मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय धरानलाई जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बिनालाल साह तेलीको कमाण

    • प्रकाशित मितिः असोज १४, २०८३
    • ५७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एलिट एक्स बाझोगरा बास्केटबलको उपाधि केभीसी हाउन्ड्सलाई

    धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ। असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो। फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए। सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो। उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved