धरान–८ मा प्रहरीको छापा : डेराको कोठाबाट ७२८ थान लागूऔषधसहित ३२ वर्षीय सुशील पक्राउ

  • मंसिर ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–८ वीरेन्द्रचोकमा डेराको कोठाबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ।

लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ७२८ थान लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

मंसिर ५ गते राति करिब १०ः४० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रचोकस्थित विष्णुमाया परियारको घरमा डेरा गरी बस्ने ३२ वर्षीय सुशील परियारको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनको साथबाट ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट गरी जम्मा ७२८ थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित परियारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इलाममा नेपालकै पहिलो ...

धरान/ किरात धर्म, दर्शन, भाषा, सभ्यता र मौलिक संस् ...

धरानमा ४९९ किलो गाँज ...

धरान/ सुनसरीको धरानमा प्रहरीले ४९९ किलो गाँजासहित ...

धरान महिला गोल्डकपको ...

धरान/ धरानको फुटबल इतिहासमा महिला फुटबलले नयाँ इति ...

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved