काठमाडौं/ मोरङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा लुकाएर ल्याइएको ९८ ग्राम खैरो हेरोइन जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा सुरुङमार्गको चेक प्वाइन्टमा बस जाँच गर्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का २१ वर्षीय रामबहादुर गिरीलाई पक्राउ गरेको हो।
२०८३ मंसिर ७ गते बिहान करिब ६ः४५ बजे मोरङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ४४०३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गरेको थियो।
सोही क्रममा बसमा सवार गिरीको साथबाट लुकाइछिपाइ ल्याइएको ९८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।