धरानमा ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद

  • मंसिर ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बरामद गरेको छ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडीसहित चालकलाई समेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ मंसिर ५ गते राति करिब ११ः३० बजे धरान–२ भानुचोकमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियो गाडीलाई प्रहरीले शंकास्पद रूपमा रोकेर जाँच गर्न खोजेको थियो।

तर, प्रहरीको संकेत बेवास्ता गर्दै गाडी भागेपछि प्रहरीले पछ्याएको थियो।

प्रहरी टोलीले धरान–८ स्थित सेउती पुलबाट उक्त स्कार्पियो गाडी नियन्त्रणमा लिएर जाँच गर्दा १६ बोरामा राखिएको ४९९ किलो गाँजा फेला परेको हो।

गाँजासहित प्रहरीले स्कार्पियो गाडी र चालक मोरङको विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिएको छ।

इलाममा नेपालकै पहिलो ...

धरान/ किरात धर्म, दर्शन, भाषा, सभ्यता र मौलिक संस् ...

धरान–८ मा प्रहरीको ...

धरान/ सुनसरीको धरान–८ वीरेन्द्रचोकमा डेराको कोठाब ...

धरान महिला गोल्डकपको ...

धरान/ धरानको फुटबल इतिहासमा महिला फुटबलले नयाँ इति ...

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved