बन्चरो प्रहार गरी आफ्नै परिवारका तीन जनाको हत्या, श्रीमतीसहित दुई छोराछोरीमाथि आक्रमण

  • मंसिर ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दैलेख/  दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छोराछोरीमाथि बन्चरो प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्रीमती र दुई बालबालिका रहेका छन्। घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन्।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान घरायसी विवादका क्रममा आफ्नै परिवारका सदस्यहरूमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको उपचारका क्रममा दुल्लु नगर अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तै, गम्भीर घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो।

शनिबार दिउँसो २ बजे अस्पताल पुर्‍याइएकी मनिषाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

धरानका २१ वर्षीय युव ...

सुनसरी/  सुनसरीको दुहबीबाट करिब २२ किलो गाँजासहित ...

फेसबुक आईडी ह्याक गर ...

मोरङ/  विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक ग ...

धरानको पहिलो महिला ग ...

धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved