धरान/ भदौ ०५ गते धरानले हरके साल २०४५ सालको भुकम्पको स्मरण गर्दै विविध कार्यक्रम गरिन्छ । हरेक साल यो दिनलाई कालो दिनको रुपमा धरानले सम्झने गरेको छ । जुन दिन सन १९८८ वि.सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आएको विनाशकारी भूकम्पले धरान सहित सम्पूर्ण पूर्वाञ्चललाई ठूलो क्षति पुर्याएको थियो भने सवैभन्दा धेरै धरानमा धनजनको क्षति हुन पुग्यो । ‘उदयपुर भूकम्प’ भनेर चिनिने यो भूकम्पको केन्द्र उदयपुर जिल्लामा रहेको भए पनि यसको ठुलो प्रभाव धरानमा पनि देखिएको थियो ।त्यो वेला भूकम्पले देशभर ठुलो जनधनको क्षति गरेको थियो भने धरान नगर क्षेत्रका १ सय २२ जना मानिसले ज्यान गुमाएका थि
धरान/ धरान उपमहानगरपालिकाले कृषि थोक बजार र अन्य सबै सब्जी बजारको सञ्चालन समय एकरूप पार्दै बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय गरेको छ। यो निर्णय बिषादी परीक्षणलाई प्रभावकारी बनाउने र थोक–खुद्रा बजारको व्यवस्थित सञ्चालन सुनिश्चित गर्न गरिएको हो। भिडियो : नेपाल सरकारले तरकारीमा बिषादी परीक्षण अनिवार्य गरेपछि किसान र व्यापारीहरुले डरले थोक बजार छलेर सिधै खुद्रा बजार तथा इटहरी, इनरुवा र विराटनगरतर्फ तरकारी पठाउन थालेका छन्। गत पटक २४ सय किलो काउली र १९ किलो रायोको साग बिषादीयुक्त भेटिएर नष्ट भएको थियो, जसले थोक बजारमा तरकारी आपूर्ति घटाएको छ। बजारका व्यवस्थापक लक्ष्मण भट्टरा
विराटनगर/ विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा बुधबार राति भएको सडक दुर्घटनामा सुनसरीका एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार राति करिब साढे ८ बजे चेकजाँचका लागि रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँचका लागि रोकेका बेला पछाडिबाट आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल तीव्र गतिमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराट
धरान/ धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका
सुनसरी/ सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। भोजपुर हतुवागढी गाउँपालिका–८ घर भइ हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई २०८१ सालको चैत्र २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा रु २५ हजार धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई आज बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए
धरान । सेउती खोलाको पारी धरान–४ लाई खोला वारी धरान–१४ र धरान बजारसँग जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग पहिरोका कारण क्षतिग्रस्त भएको छ। साउन २९ र ३० गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पुल प्रभावित बनेको हो। साेमबार क्षतिग्रस्त स्थलको निरीक्षण तथा स्थानीय भेटघाट कार्यक्रम भएको छ। धरान–१४ को यायोखा टोल र धरान–४ को किरात बस्तीका स्थानीयसँग भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, वडा सदस्य राजन चाम्लिङ, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा धरान सचिव राजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो। निरीक्षणका क्रममा स्थानीयले पुल तत्काल मर्मत गरी आवत–
धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निध
विराटनगर/ ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चु
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।