पानीको खाल्टोमा डुबेर तीन बालिकाको दुखद मृत्यु

  • असोज २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

रौतहट/ रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरमा आज बिहान पानीले भरिएको खाल्टोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लक्ष्मीपुर टोल निवासी १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा रहेका छन्।

उनीहरू घाँस काट्नका लागि नजिकैको गौर नगरपालिका–१ कानुपट्टीतर्फ गएका बेला पानीको खाल्टो तर्ने क्रममा डुबेका जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।

उनका अनुसार आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए। तीमध्ये चार जना सकुशल पार पर्न सफल भए पनि तीन जना डुबेर बेपत्ता भएका थिए।

सकुशल उद्धार हुनेमा मुस्कानकुमारी राम (१५), मुस्कानकुमारी बैठा (१३), चन्द्रमुखीकुमारी राम (१०) र सुनिताकुमारी बैठा (१५) रहेका छन्।

बेपत्ता बालिकाहरूको खोजी र उद्धारका लागि भन्सार सुरक्षा गार्ड, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र वीर दल गण पुरेनवा ब्यारेकका गरी चारवटा टोली परिचालन गरिएको थियो। उद्धारपछि बालिकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि चिकित्सकले तिनै बालिकालाई मृत घोषणा गरेका थिए।

केही दिनअघि रौतहटकै देवाही गुनाही नगरपालिका–कर्कच कर्मैया गाउँमा पनि दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved